माघे संक्रान्तिमा सिक्लेस मेला

पोखरा, २६ पुस /कास्कीको पार्चे गाविसको सिक्लेस गाँउमा क्रियाशील सिक्लेस युवा क्लवको माघ १ गतेदेखि २२ औ वार्षिकोत्सव तथा माघे संक्रान्ति मेला हुने भएको छ ।

मेलाको अवसरमा भलिवल, बास्केटवल, छेलो, विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष देविजंग तमुले जानकारी दिए । उनले यस वर्ष सामुहीक नृत्य प्रतियोगिता थप गरिएको जानकारी दिए । पुरुष भलिबल र बास्केटबलका विजेताले ४० हजार र उपविजेताले नगद ३० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

त्यसै गरि महिला भलिवलका विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । त्यसै गरि सामुहीक नृत्य प्रतियोगिताका विजेताले ४० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैया प्रदान गरिने बताए । सिक्लेस जान पोखराबाट ४२ किलोमिटर दुरीमा पर्दछ ।

कमेन्टहरु
Loading...