गोरखाको पालुङटार स्वास्थ्य तथा आँखा शिविर, आमा समुहलाई सहयोग

पोखरा, २६ पुस / लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी, लायन्स क्लव अफ पोखरा डल्फीन तथा लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटीको सयुक्त आयोजनामा गोरखाको पालुङटार ८ मालतीगैरामा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लव इन्टरनेशनल डिष्टिक्क ३२५ बी १का सेकेण्ड भाइस गर्भनर एमजेएफ लायन अशोक श्रेष्ठले मालतीगैरा आमा समुहलाई स्वास्थ्य सामाग्री तथा टि किटल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन गदै श्रेष्ठले जनताको घरदैलो सम्म आएर सेवा दिने विश्वको प्रमुख संस्था लायन्स हो नेपालमा हरेक अप्ठारामा लायन्सले यस्तै महत्वपुर्ण सेवाका काम गरेको छ भन्दै आगामी दिनमा पनि निरन्तर सेवा दिन लागी रहुनु पर्ने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा १० जना विभिन्न बिशेषज्ञ डाक्टरहरु वाट स्त्री तथा प्रसुती, पेट मुटु छाती , वालरोग तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच गरिएको थियो भने स्वास्थ्य शिविरमा ७ सय जना विरामीले स्वास्थ्य परिक्षण गरेका थिए ।

विरामीहरुलाई निशुल्क औषधी वितरणका साथै १५जना मोतियाविन्दु भएका विरामीलाई निशुल्क हिमालय आँखा अस्पतालमा ल्याई निशुल्क आँखाको अपरेशन गर्ने समेत व्यवस्था मिलाईएको लायन्स क्लव अफ पोखरा डल्फीनका कार्यक्रम संयोजक उमेश देवकोटाले जानकारी दिनु भयो ।  कार्यक्रममा पालुङटार नगरपालिकाका कार्यकारी अधिकृत मुकेश गुरुङ्गले यसरी हाम्रो जिल्लामा आएर स्वास्थ्य शिवीर गरेकोमा साथै गत वर्षको भुकम्पको वेलामा पनि यहाँहरुले गरेको सहयोगको प्रसंसा गदै आगामी दिनमा पनि सहयोग लागी अनुरोध गदै धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा पालुङटार टाँडीपोखरीका प्रहरी इन्चार्ज वद्रि पौडेल, लायन्स क्लव इन्टरनेशनल डिष्टिक्क ३२५ बी १का व्लड डोनेशन कमिटी चियर पर्सन एमजेएफ लायन किशोर वराल ,रिजन चियर पर्सन चुडामणी वराल , जोन चियर पर्सन सन्तोष श्रेष्ठ, तिन वटै क्लवका कार्यक्रम संयोजकहरु लायन तोयनाथ आचार्य, उमेश देवकोटा गिरीधारी शर्मा गोल्डेन चोतारीका अध्यक्ष लायन शालिग्राम देवकोटा, आमा समुहकी अध्यक्ष कमला देवकोटा, शिक्षक राजेन्द्र देवकोटा लगायतले कार्यक्रमको सफलताको कामना गदै आ आफना भनाई व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ पोखरा डल्फीनका अध्यक्ष तिलक तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन लक्ष्मी नारायण देवकोटाले गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...