लेखनाथ नगरपालिको ७४/०७५ को बजेट २६ करोड ४० लाख (के केमा कति सहित)

सागर राज तिमिल्सिना
पोखरा, २५ पुस /लेखनाथ नगरपालिकाको २४ औं नगरपरिषदबाट आर्थिक वर्ष २०७४÷०७५ का २६ करोड ४० लाख ५२ हजारको अनुमानीत बजेट पारित गरेको छ । २०७४/०७५ बजेट, योजना, नीति, कार्यक्रम तथा आय–व्यय विवरण सार्वजनीक गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले अघिल्लो वर्षका भन्दा ५ करोड बढि बजेट सार्वजनीक गरे ।

चालु आथिएक वर्ष ०७३/०७४ का लागि कुल बजेट २१ करोड ५२ लाख २० हजार अनुमान गरिएको थियो । उनले आन्तरिक श्रोत तर्फ ४ करोड ६६ लाख ८२ हजार रुपैया (१७.६८%) र वाह्य श्रोत तर्फ २१ करोड ७३ लाख ७० हजार रुपैया (८२.३२%) अनुमान रहेको सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

आगामी आर्थि वर्षको लागि प्रस्तावित बजेटमा आम्दानी तर्फ तर्फ स्थानीय करबाट १ करोड ९८ लाख ८० हजार, सेवा शुल्कवाट १५ लाख ४० हजार, दस्तुरवाट २ करोड ३९ लाख ५० हजार विक्रीबाट ६ लाख र अन्य आयबाट ७ लाख १२ हजार अनुमान गरिएको जानकारी दिए । यो अनुमान चालु आर्थिक वर्षको अनुमान भन्दा ३७.८८ प्रतिशतले वढी हो ।

यसै गरी वाह्यतर्फ नेपाल सरकारबाट प्राप्त सशर्त /निशर्त अनुदानवाट १५ करोड ४५ लाख २० हजार, राजश्व वाड फाँड तथा रजिष्ट्रेशन दस्तुरबाट २ करोड ४० लाख, अन्य निकायबाट १ करोड ३८ लाख ५० हजार, लागत सहभागिताबाट २ करोड ५० लाख प्राप्त हुने अनुमान छ । यो अनुमान चालु आर्थिक वर्षको अनुमान भन्दा १६.७३ प्रतिशतले बढी छ । उनले सबै क्षेत्रलाई बजेटमा समेटेको बताए । उनले लेखनाथमा जग्गा प्लटिङलाई रोकेको बताए ।

लेखनाथ नगरपालिकाको बजेट प्रस्तुत गर्दै
लेखनाथ नगरपालिकाको बजेट प्रस्तुत गर्दै

१. योजना तर्जुमामा वडावासीहरुको सहभागितालाई प्राथमिकता दिदै, उनिहरुको योजना आफै छानुन भन्ने उद्देश्यले नगरको वडा विकासका लागि गत बर्ष विनियोजन गरेको रकममा थप विनियोजन गर्दै यस बर्ष प्रति वडा ७,००,०००।– का दरले १८ वडाको जम्मा १,२६,००,०००।– विनियोजनको व्यवस्था मिलाएको छु ।

२. नागरिकले तिरेको करबाट आफ्ना मुख्य प्राथमिकताका योजना आफै छनौट तथा संचालन गर्ने व्यवस्थाका लागि एकिकृत सम्पत्तिकरबाट प्रत्येक वडामा ५,००,०००।– का दरले १८ वडाका लागि ९० लाख रुपैया विनियोजन गरेको छु ।

३. नगरका सडकको स्तरोन्नती र मर्मत संभारलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिईनेछ । र यसका लागि रु. १,४९,८२,०००।– विनियोजनको व्यवस्था मिलाएको छु ।

४. नगरका सडकलाई कालोपत्रे गर्दै लैजाने नीतिलाई अवलम्बन गर्दै आगामी आ.ब मा शहरी पूर्वाधार योजनाका लागि रु. १,८१,०७,०००।– विनियोजन गरेको छु ।

५. नगरको समथर भू—भागमा खानेपानीको आपूर्ति तुलनात्मक रुपमा सुदृढ रहेको र पहाडी भू—भागको खानेपानी व्यवस्थापनको लागि चालु आ.ब मा ६५,००,०००।– रुपैया विनियोजन भएको सन्दर्भमा आगामी आ.ब साना तथा मझौला खानेपानी आयोजनाका लागि मर्मत संभारमा रु. ८,००,०००।– बिनियोजनको व्यवस्था मिलाएको छु ।

६. नगरक्षेत्र भित्र उर्वर भूमि बाँझो राख्ने क्रम तिव्र रहेको छ । जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहीत गर्ने तथा विभिन्न कृषक समुह र कृषकलाई स्थानीय जातका अन्नवाली, तरकारी र पशुपक्षि÷हाँस लगायतका संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको व्यवस्था मिलाईने छ । र यसका लागि एकमुष्ठ ४१,२८,०००।– रुपैया विनियोजन गर्ने व्यवस्था मिलाएको छु ।

७. नगरको मुख्य चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापनका सन्र्दभमा पोखरा उपमहानगरपालिकासँग साँझेदारीमा काम गर्ने नीति अवलम्बन गर्दै, नगरको बातावरण तथा सरसफाई र हरियालीका कार्यक्रमका लागि आगामी आ.ब. मा १७,००,०००।– विनियोजन गरिएको छ ।

८. “सात तालको बगैंचा सहर”का रुपमा चिनिएको लेखनाथ नगरपालिकाको प्रमुख पर्यटकी आकर्षणको केन्द्रका रुपमा रहेका बेगनास तालमा आधुनिक पर्यटन गतिविधि समावेश गर्नका लागि संभाव्यता अध्ययनको कार्यलाई अगाडी बढाईने छ । अन्य स—साना पर्यटन सम्वन्धी गतिविधि संचालनका लागि आगामी आ.व मा रु. ७,००,०००।– विनियोजन गरिएको छ ।

९. नगर भित्रका सार्वजनिक जग्गा पछिल्लो समय मानविय अतिक्रमणको चपेटामा पर्दै गएका छन् । यस्ता जग्गा व्यक्तिले दर्ता गर्न प्रयास गर्ने, विभिन्न संघ संस्थाले हड्प्ने र आफुखुशी प्रयोग गर्दै गइरहेको अवस्थामा त्यस्ता जग्गाहरुको लगत तयार गरी संरक्षण गर्ने नीति लिईने छ । साथै आगामी आ.ब. मा नगरका वडा नं. १ र ८ लगायत अन्य क्षेत्रको जग्गा संरक्षणका लागि २०,००,०००।– रुपैया विनियोजन गरेको छु ।

१०. लेखनाथ नगरक्षेत्र भित्र हुने जग्गा विकास (जग्गा प्लटिङ) लाई नगरपालिकाले पारित गरेको जग्गा विकास कार्यविधि २०७२ लाई कडाईका साथ लागु गरिनेछ । जग्गा प्लटिङका विषयमा अनुगमन गरी व्यवस्थित गर्न कार्यकारी अधिकृतको संयोजकत्वमा प्रमुख राजनितिक दलका प्रतिनिधि सदस्य रहने गरी एक कार्यदलको गठन गरी व्यवस्थित गर्ने नीति लिईनेछ ।

११. नगरका समथर क्षेत्रमा बसाइ सराईको अधिक चापका कारण कृषि क्षेत्र तथा उर्वर भूमि खण्डीकरण तथा अवैज्ञानिक जग्गा प्लटिङले व्यवस्थित नगर निर्माणमा बाधा पुगेको छ । अनियन्त्रित जग्गा प्लटिङ तथा खण्डिकरणले व्यवस्थित नगर निर्माण हुन त सकेको छैन त्यसको साथ साथै कृषिभूमि कंक्रिटको शहरका रुपमा समेत परिणत हुँदै गएको छ । यसै तथ्यलाई मध्यनजर गर्दै, पहाडी क्षेत्रमा एकिकृत बस्ती निर्माणका लागि आवश्यक पूर्वाधारहरु तयार गर्दै लगिने नीति लिईनेछ । साथै नीजि क्षेत्रबाट नगरपालिकाको जग्गा विकास कार्यविधि २०७२ को अधिनमा रही त्यस्ता क्षेत्रमा गरिने एकिकृत बस्ती विकास र जग्गा विकासलाई प्रोत्साहन गरिनेछ । त्यसका लागि छुट्टै ीबलम ग्कभ एबिल तयार गरी लागु गरिने नीति लिईनेछ ।

१२. बालमैत्री स्थानीय शासन अबलम्बन गरेको यस नगरलाई बालमैत्री नगर घोषणाका लागि १५ प्रतिशत बजेट विनियोजन गरिएको छ र थप आवश्यक पूर्वाधारहरु तयार गरी यसै बर्ष बालमैत्री घोषणा गरिनेछ । यसका लागि चालु आ.ब. मा रु ५९,२०,०००।– विनियोजन गरिएको छ भने आगामी आ.ब. मा ८१,०८,१००।–

१३. विभिन्न जनजातिको भाषा, संस्कृतिको संरक्षण तथा सहयोग कार्यक्रमका लागि आगामी आ.ब. मा २०,२७,०००।– विनियोजन गरिएको छ ।

१४. दलित समुदायको उत्थान, शिप विकास तथा कार्यक्रम सहयोग कार्यक्रमका लागि १२,१६,०००।– बजेट व्यवस्था गरेको छु ।

१५. अपाङ्ग तथा फरक क्षमता भएकाहरुका लागि, आय आर्जन, शिप विकास, क्षमता विकास लगायतका कार्यक्रमलाई सहयोग पुग्नेगरी आगामी आ.ब. मा ८,१०,०००।– बजेट व्यवस्था मिलाएको छु ।

१६. कष्टपूर्ण बन्दै गइरहेको जेष्ठ नागरिकको जीवन पद्दतीलाई सहज बनाउन तथा जेष्ठ नागरिकका आश्रमलाई सुविधाउन्मुख बनाउन आगामी आ.ब. मा ८,१०,८००।– बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु ।

१७. महिलाहरुलाई मुल प्रवाहमा ल्याउन, भौतिक पूर्वाधार, शिप विकास, क्षमता विकास तथा संस्थागत विकासका लागि नगरका १ देखी १८ वटै वडालाई समेट्नेगरी ५४,०६,०००।– रुपैया व्यवस्था गरेको छु ।

१८. जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्तालाई बैंकबाट बितरण गर्ने नितिलाई निरन्तरता दिदै, आगामी आ.ब का लागि रु. ८,००,००,०००।— बजेट विनियोजन गरिएको छ ।

१९. नगरक्षेत्र भित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको उचित संरक्षण तथा व्यवस्थापनको नीति अख्तियार गरिने छ ।

२०. पोखरा उपत्यकाको समग्र विकास निर्माणको लागि यस नगरपालिकाबाट आगामी आ.ब मा रु. ३०,००,०००।– रुपैया विनियोजन गरिएको छ ।

२१. गरिवि न्यूनिकरण तथा गाउँ नगर साँझेदारी कार्यक्रमका लागि रु. १,००,००,०००।– रुपैया विनियोजन गरिएको छ ।

२२. नगरको विकास तथा सचेतना अभिबृद्धि गर्ने कार्यमा आम संचारक्षेत्रबाट भएको सहयोगको उच्च मुल्यांकन गर्दै आगामी आ.ब. मा पनि सहयोग गर्ने नीतिलाई निरन्तरता दिईने छ ।

२३. नगरपालिकाको आम पहिचान हुँदै जाने अन्तराष्ट्रिय खुल्ला चिडियाखाना, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, क्षेत्रिय बस टर्मिनल, नगरको प्रवेशद्धार कोत्रे—बिजयपुर सडक र तालचोक देखी बेगनासतालसम्मको खण्डमा फोर ल्याण्ड सडक विस्तारको कार्यमा पहल गरिने छ ।

२४. रामसारको सूचीमा सूचीकृत भैसकेका नगरका सात वटा तालरुहको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक पहल गरिने नीति लिईने छ ।

कमेन्टहरु
Loading...