सेवा शुल्क सत प्रतिशत मजदुरलाई नै दिन माग

पोखरा, २२ पुस / होटल, क्यासिनो तथा रेष्टुरामा ग्राहाकवाट सेवा शुल्क वापत उठाईने दस प्रतिशत रकमको सत प्रतिशत नै मजदुरहरुलाई दिन अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघले माग गरेको छ । मजदुरकै हितका लागी भनेर दस प्रतिशत सेवा शुल्क जोडिएको मजदुर नेताहरुले वताउदै आएका छन् ।

नेपालमा सन २००७ को सुरुवातसँगै दश प्रतिशत सेवाशुल्क ग्राहाकवाट उठाउने र उक्त रकम मजदुरलाई वितरण गर्न होटल तथा रेष्टुरा एण्ड वार एसोसिएसन नेपाल, फास्ट फुड एसोसिएन नेपाल वीच सहमती भएको थियो । सेवा शुल्क वापत शुल्क उठाएर पनी होटल, कयासिनो तथा रेष्टुराहरुले अधिकाम्श रकम आँफैले राख्ने गरेको मजदुरहरुको दावी छ ।

सेवाशुल्क लागु गर्दा प्रत्येक तीन वर्षमा पुनरावलोकन गर्नुपर्ने उल्लेख गरिएपनि हालसम्म होटल संघ तथा फास्टफुड एसोसिएसनले छलफल समेत नचलाएको भन्दै मजदुरहरुले सरोकारवाला निकायमा दस वुँदे माग पत्र समेत पेश गरेका छन् ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघले शुक्रवार पोखरामा सेवा शुल्क र एक प्रतिशत सामाजिक सुरक्षा कोषको वारेमा जानकारी गराउन वृशत प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा पोखरामा रहेका सयौ मजदुर सहभागि थिए ।

कार्यक्रममा वोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन छन्त्यालले संगठनको हितमा जुझारु ढंगले माग प्रस्तुत गर्न आग्रह गरे । उनले माग राख्दा अधिकार र कर्तव्यलाई ख्याल गरेर अगाडी वढ्न मजदुरहरुलाई सुझाव दिए ।
अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव एवं अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा संघका अध्यक्ष माधव पाण्डेले मजदुरले पाउनुपर्ने दस प्रतिशत सेवा शुल्कलाई सत प्रतिशत नै कार्यान्वयनमा ल्याउन आँफूहरु लागी परेको वताए ।
महासंघका चार नं प्रदेश संयोजक रुद्र गौतमले दश प्रतिशत सेवा शुल्कको रकम देखाउदा संचालकहरुले कारोवारलाई घटाएर देखाउने गरेको दावी गरे ।

संघका कास्की अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव राजेन्द्र न्यौपाने, होटल मजदुर संघका केन्द्रीय ईन्चार्ज प्रकास श्रेष्ठ, संघका केन्द्रीय उपाध्यक्ष अजिता सिंखडा, संघका महासचिव मुक्ति दाहाल, संघका उपमहासचिव रामेश्वर अधिकारी, संघका चार नं प्रदेश संयोजक कपि.आर. जैसी,संघका सोल्टी होटल अध्यक्ष शुशिलराज भण्डारी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...