पोखरा, २१ पुस /ओम डेभलपमेन्ट बैंक लि. ले धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट रकम संकलन गरी रोक्का राख्न (एएसबिए) को स्वीकृती पाएको छ । धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट सार्वजनिक निष्काशन (आइपिओ) तथा पुन निष्काशन (एफपिओ) मा लगानी गर्दा अनिवार्य रुपमा बैंक खातामा रकम जम्मा गर्नु पर्ने हुन्छ ।
सोही खातामा नै रोक्का रहने ब्यवस्था गरे बमोजिम लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा लगानी गर्दा आस्वाको लागि स्वीकृत प्राप्त बैंकहरुमा मात्र रकम जम्मा गरी लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।
ओम डेभलपमेन्ट बैंकले बिहीबार देखि तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले स्याङजाको गल्याङ, बुटवलको ट्राफिकचोक र पोखराको लेकसाइड शाखा गरी ३ वटा नयाँ शाखाबाट कारोबार शुरु गरेको हो । शाखाको कारोबार पछि बैंकको शाखा सँख्या २९ पुगेको र मनास्लु बिकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।