सातौ पोखरा महोत्सवलाई सालिमार र एबीसी न्युजको साथ

पोखरा १८ पुस /सातौ संस्करणको पोखरा महोत्सवलाई नेपाल सालिमार सिमेन्टले साथ दिने भएको छ । पांचौ पोखरा महोत्सवबाट साथ दिदै आएको सालिमार सिमेन्टले सातौ संस्करणको पोखरा महोत्सवलाई मुख्य प्रायोजक बनी साथ दिइएको हो ।

सोमबार पोखरा महोत्सव आयोजक पक्ष र सालिमार सिमेन्टको गण्डकी धौलागिरी अधिकृत बिक्रेता बीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सोमबार युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, महासचिव राजु श्रेष्ठ र सालिमार सिमेन्टका गण्डकी धौलागिरीका अधिकृत बिक्रेता दिनेश प्रसाद चौधरी बीच मुख्य प्रायोजक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा वोल्दै मुख्य प्रायोजक सालिमार सिमेन्टका गण्डकी धौलागिरी अधिकृत बिक्रेता सिजी हार्डवेयर पोखराका प्रमुख दिनेश प्रसाद चौधरीले युनाइटेड क्लवद्धारा आयोजित पोखरा महोत्सव र महोत्सवबाट संकलित रकमले विभिन्न सामाजिक क्रियाकलापमा खर्च गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा समेत लागी परेकाले आफुहरु विगत दुइ वर्षदेखि मुख्य प्रायोजकको भुमिका निर्वाह गर्दै आएको वताए । युनाइटेड क्लवले बिशुद्ध सामाजिक क्रियाकलापमा लागी परेको र आगामी दिनमा यसलाई निरन्तरता दिन समेत उनले आग्रह गरे ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले सालिमार सिमेन्टले पोखरा महोत्सवलाई पांचौ संस्करण देखि साथ दिदै आएको र सातौ महोत्सवमा समेत साथ दिएकोमा धन्यवाद ब्यक्त गरे । सालिमार संगको सहकार्यले पोखरा महोत्सव भब्य र सभ्य भएको वताउदै सातौ पोखरा महोत्सव पनि भब्य र सभ्य ढंगले सम्पन्न गराउन गठित विभिन्न समिती तथा उपसमितीहरुले तीब्र गतीमा काम गरिरहेको वताए ।

त्यसैगरी पोखरा महोत्सवको मिडिया पार्टनरमा एबिसी न्युज टेलिभिजनले साथ दिने भएको छ । सोमबार एबिसी न्युज टेलिभिजनका पोखरा ब्युरो प्रमुख एमबि आस्था र महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठ बीच सहमती पत्रमा हस्ताक्षर गरेका छन । सो अवसरमा वोल्दै एबिसी न्युज टेलिभिजन पोखरा ब्युरो प्रमुख एमबि आस्था मगरले पोखरा महोत्सवको सुरुवात देखिनै एबिसी टेलिभिजनले साथ दिदै आएको र सातौ संस्करणमा पनि साथ दिन पाउदा खुसी लागेको वताए ।

महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले पोखरा महोत्सवलाई सातौ संस्करण सम्म पु¥याउनमा एबिसी टेलिभिजन संगै राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यामको भुमिका उल्लेख्नीय रहेको वताए । आगामी पुस २९ देखि माघ १० गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र गतिमा अगाडी वढेको समेत प्रचार प्रसार संयोजक श्रेष्ठले जानकारी दिए । ११ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय २० स्टल, विभिन्न जातजातिका भेषभुसा, कला संस्कृति झल्काउने स्टलहरु, ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा दोहोरी प्रस्तुती, पोखरा तारा तेश्रो संस्करण, विभिन्न ब्याण्डहरुद्धारा लाइभ कन्सर्ट, वाल उद्यान, हस्तकला प्रदर्शनी लगायतका गतिबिधीहरु सञ्चालन हुने समेत श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...