पोखरा, १८ पुस/स्याङ्गजाको वालिङ्गमा केन्द्रीय कार्यालय रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २ दिने तालिम सम्पन्न भएको छ । शाखा प्रमुख तथा लेखाका कर्मचारीहरुको लागि आयोजित तालिममा शाखा ब्यबस्थापन, लेखा ब्यबस्थापन, जोखिम ब्यबस्थापन तथा न्यूनिकरण एवं सफ्ट्वेयर सम्बन्धी विषयमा प्रशिक्षण गराइएको बैकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।
कुल ४८ जना कर्मचारीहरुको सहभागिता रहेको तालिम कार्यक्रमको उद्घाटन गर्दै नित्यानन्द तिवारीले बैंक ब्यबस्थापनले यस किसिमको तालिम आयोजना गरेकोमा प्रशंसा ब्यक्त गर्दे तालिम फलदायी हुने, यसबाट सिकेका कुराहरु कार्यक्षेत्रमा लागु गनुपर्ने, कर्मचारीहरुको बृत्ति बिकासका लागी संचालक समिति सधैं तपाईहरुका साथ रहेको बताए ।
तालिममा प्यासिफिक डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले शाखा ब्यबस्थापन र जोखिम ब्यबस्थापन तथा न्यूनिकरण बिषयमा, मुक्तिनाथ बिकास बैंकका अनुगमन बिभाग प्रमुख हरिकृष्ण जोशीले आन्तरिक नियन्त्रण एवं अनुगमन बिषयमा, आई.टी बिभागका भुजलाल पौडेल(कबिन्द्र)ले सफ्ट्वेयर सम्बन्धमा तथा अधिकृत ख्यामकान्त अर्यालले लेखा ब्यबस्थापन बिषयमा कक्षा संचालन गरेको बैकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।