पोखरामा ‘ईक्यान शैक्षिक मेला’को तयारी तिब्र

पोखरा, १७ पुस /नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले ‘ईक्यान शैक्षिक मेला –२०७३’को तयारीलाई तिब्रता दिएको छ । पुस २७ देखि २९ गतेसम्म पोखरा सभागृहमा मेला सञ्चालन हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इक्यानमा आबद्ध पोखराका शैक्षिक परामर्श दातृ संस्थाहरुको सहभागितामा मेला सञ्चालन गर्न लागिएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिए ।

नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यका विषयमा सूचना प्रवाह गर्न मेला निकै उपयोगी हुने इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले बताए । ‘स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका लागि मेला प्रभावकारी हुनेछ,’ उनले भने । मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने तिवारीले बताए ।

4th ECAN Educational Fair Kaski Pokhara for studying abroad
4th ECAN Educational Fair Kaski Pokhara for studying abroad

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने सचिव भुवन क्षेत्रीले जानकारी दिए । ‘विद्यार्थीका लागि प्रभावकारी ढंगले परामर्श प्रदान गर्नेछौं,’ उनले भने, ‘एकै थलोबाट सबै प्रकारका विश्वविद्यालय र देशहरुको उच्च शिक्षाका बारेमा विद्यार्थी र अभिभावकलाई परामर्श प्रदान गरिनेछ ।

उच्च शिक्षाका लागि विभिन्न देशका विश्वविद्यालयमा जाने विद्यार्थीहरुको आकर्षण बढेकाले मेला प्रभावकारी हुने इक्यानका केन्द्रीय सदस्य डि.बि. गुरुङले बताए । सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिमप्राप्त परामर्श दाताहरुको झण्डै ५० वटा स्टल मेलामा राखिने प्रचारप्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । इक्यान कास्कीको व्यवस्थापन तथा नमस्ते एजुकेसन इन्स्ट्रिच्युटको प्रस्तुतीकरणमा मेला हुन लागेको हो ।

पोखरामा ‘ईक्यान शैक्षिक मेला’को तयारी तिब्र
पोखरामा ‘ईक्यान शैक्षिक मेला’को तयारी तिब्र

उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा अध्ययन गर्न रुची राख्ने विद्यार्थी र उनीहरुका अभिभावकका लागि परामर्श लिन मेला निकै प्रभावकारी हुने दावी गर्दै इक्यानले सहभागी हुन आग्रह गरेको छ । करिब ३० हजार जना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ । प्रायोजकहरुबाट करिब १५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको मेला सफल पार्न करिब १२ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी आयोजकले दिएका छन् ।

नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका छन् । त्यसै गरि सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् । त्यसै गरि होटल पार्टनमा रानीवन अर्किड, आइटि पार्टनरमा बाराही इन्टरनेट टेक्नोलोजि प्रालि, अफिसियल बैंकमा प्रभु बैंक रहेका छन् ।

यस्तै अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपुर्ण एफएम, गन्थन डटकम र जक्सन डटकम रहेका छन् । मेला सम्पन्न गर्न उपाध्यक्ष रमेश थापाको संयोजकत्वमा देवराज शर्मा र बालचन्द्र परियार सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको छ । त्यसै गरि वित्तिय व्यवसथापन उपसमितिको संयोजकमा रुद्र प्रसाद अर्याल, बालचन्द्र परियारको संयोजकत्वमा स्टललेआउट उपसमिति, पुर्ण न्यौपानेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र भुवन क्षेत्रीको संयोजकतवमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको मुल समितिका संयोजक रमेश थापाले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २ सय वटा शैक्षिक परार्मश दातृसंस्थाहरु संचालनमा भए पनि शिक्षामन्त्रालयमा २७ वटाले मात्रै सेवा संचालनको मान्यता प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...