तिब्बतबाट पोखरालाई १ हजार थान सोलार, तीन महिनामा पोखरा झलमल्ल

सागर राज तिमिल्सिना
पोखरा, १५ पुस/चीनको स्वशासित क्षेत्र तिब्बत सरकारको सहयोगमा पोखरामा सोलार लाइटले झिलिमिलि हुने भएको छ । तिब्बतको सहयोगमा पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती (सोलार लाइट) जडान गर्न लागेको हो ।

करिब १५ करोड मूल्यका सोलार लाइट पोखराको प्रवेशद्धार विजयपुरदेखि हल्लनचोकसम्म र अन्य ठाउँमा जडान गरिने छ । विजयपुरदेखि हल्लनचोकसम्मका लागि ४ सय ७६ वटा सोलार लाइट जडान गरिने पोखरा उपमहानगर पालिका इन्जिनियर धुब भट्टराईले जानकारी दिए । उनले हल्लनचोक देखि जिरो किलोमिटर सम्म सडकको विचमा सोलार लाईट दुई तर्फ र्फकाएर राखिने बताए ।

त्यसै गरि जिरो किलोमिटर देखि विजयपुर सम्म सडकको दुबै तर्फ गरि ४ सय वटा सोलार लाईट जडान गरिने बताए । उलने पृथ्वीचोक देखि विरौटाचोक सम्म सडकको दुई तर्फका लागि २ सय, हरियो र्खक क्षेत्रका लागि १ सय र अन्य बाकि उपयुक्त ठाउँ हेरेर जडान गरिने उनको भनाई छ । बाकि रहेका २ सय २४ वटा सोलार लाईट विन्ध्यबासीनि मन्दिर अन्य ठाउँमा जडान गर्ने लक्ष्य रहको भट्टराई बताए ।

उनले जडाकालागि पोल गाड्न खाल्टो खन्ने काम भई रहेको बताउदै तीन महिना भित्र जडान गरिसक्ने लक्ष्य रहेको बताए । उनले सोलार लाइट, व्यटि र पोल भन्सार सम्म आइपुगेको बताए । पोखरा उपमहानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी सहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको हो ।

तिब्बतबाट पोखरालाई १ हजार थान सोलार, तीन महिनामा पोखरा झलमल्ल
तिब्बतबाट पोखरालाई १ हजार थान सोलार, तीन महिनामा पोखरा झलमल्ल
कमेन्टहरु
Loading...