फेवा फिस्टेल सिटीद्वारा न्यानो कपडा र स्टेसनरी सहयोग

पोखरा, १० पुस / लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले नविन मावि गैह्रापाटनका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्विटर वितरण गरिएको क्लबका अध्यक्ष इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए । सोही अवसरमा ५० जना विद्यार्थीलाई स्टेसनरी सामग्री हस्तान्तरण गरिएको छ ।

रिजन चेयरपर्सन एकनारायण शर्मा ढकालले कार्यक्रम संयोजक देवीप्रसाद अर्याललाई उक्त सामग्री हस्तान्तरण गरी विद्यार्थीलाई वितरण गरिएको थियो । अध्यक्ष पौडेलको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सचिव सावित्री भट्टराईले गरेकी थिइन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सहयोग गरी क्लबले जहाँ आश्यकता त्यहाँ लायन्स भन्ने मान्यतालाई चरितार्थ गरेको बताए ।

त्यसैगरी क्लबले स्याङजाको चिलाउनेबास गाविस २ मा रहेको गुरुकुल बेद विद्याश्रममा रहेका ५८ जना बटुकहरुलाई ओढ्ने ओछ्याउने लत्ताकपडा सहयोग गरेको छ । उक्त अवसरमा ५० थान कम्मल सहयोग गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । क्लबकै सक्रियतामा नागढुंगा दिदीबहिनी समूह पोखरा ८ को तर्फबाट करिब २५ हजार रुपैयाँको भाँडा समेत विद्याश्रमलाई सहयोग गरिएको छ । विद्याश्रमलाई करिब १ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको पौडेलले बताए ।

नन्द इम्पोरियमका सञ्चालक नारायण सुवेदीको संयोजकत्वमा कार्यक्रम भएको हो । सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको भन्दै अध्यक्ष पुण्यप्रसाद उपाध्यायले लायन्स क्लबका अध्यक्ष पौडेललाई अभिनन्दन गरेका थिए । लायन्स क्लबसँग सहकार्य गरी आश्रममा सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको नागढुंगा आमा समूहका अध्यक्ष गंगा ढकालले बताइन् ।

कमेन्टहरु
Loading...