सडक महोत्सव नजिकिदा लेकसाइड झकिझकाउ

फाइल तस्बिर 

पोखरा, ९ पुष/पर्यटकिय नगर पोखराको प्रमुख पर्यटकिय क्षेत्र लेकसाइड झिलिमिली भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गर्न लागेको १८ औं पोखरा सडक महोत्सवका लागि रेवानले लेकसाइडलाई झिलिमिली पारेहो । महोत्सव तयारीको झण्डै ८० प्रतिशत काम पुरा भएको आयोजकले बताएका छन् ।

बुधबारेखि महोत्सवस्थल लेकसाइडको झण्डै साढे तीन किलोमिटर क्षेत्रलाई सजाउन शुरु गरिएको हो । ‘लेकसाइडलाई झिलिमाली पार्न बत्ति तथा ध्वजापताकाहरुले सजाइएके छ,त्यसैगरि चौतारा सजावटको काम पनि सकिएको छ ’–रेवान पोखराका महासचिव विश्वराज पौडेलले बताए । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टल तथा स्टेज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न साँस्कृतीक समुह तथा लाइभ व्याण्डहरुसंगको सम्झौता पनि अन्तिम चरणमै पुगेको छ ।

महोत्सवमा यसपटक नेपालको सूदूर पश्चिमको प्राचिन साँस्कृतीक समूह आउने छ भने दक्षिण भारतबाट पनि त्यहाँको चर्चित साँस्कृतीक समुह आउने भएको छ । महोत्सवको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि रेवान पोखराले काठमाण्डौमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले पोखरा सडक महोत्सवल पोखराको मात्रै नभई देशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरेका थिए ।

नेपाल पर्यटन बोर्डले रेवानलाई विगतदेखि दिदै आएको साथ र सहयोग निरन्तर रुपमा रहने पनि उनले बताए । त्यस्तै रेवान केन्द्रका अध्यक्ष प्रमोद कुमार जैशवालले एउटा सानो पार्कबाट शुरु भएको महोत्सवले आज अन्र्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नों पहिचान बनाइसकेको भन्दै रेवान पोखराको अरुले पनि सिको गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा १८ औं सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्ग, पूर्वाध्यक्ष बलराम पहारी लगाएतले सडक महोत्सवका आकर्षणका बारेमा प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...