१३ औं लेखनाथ महोत्सव माघ २७ देखि फागुन ८ सम्म

लेखनाथ, ५ पुष /“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ १३ औं लेखनाथ महोत्सव माघ २७ देखि फागुन ८ गते सम्म संचालन हुने भएको छ । विगतका वर्षहरुमा लेखनाथको भण्डारढिक खेलमैदानमा हुदैं आएको महोत्सव यस वर्ष लेखनाथको तालचोकमा हुन लागेको हो ।

१३ औं लेखनाथ महोत्सवको सन्दर्भमा मंगलवार आयोजना गरिएको छलफल कार्यक्रमका सहभागिहरुले महोत्सव सव्य र भव्य रुपले सम्पन्न गर्न आ आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । यस भन्दा अगाडि भण्डारढिक खेलमैदानमा हुदैं आएको महोत्सव प्राविधिक र क्षेत्रफलको हिसावले सानो भएका कारण यस वर्षको महोत्सव तालचोकको फराकिलो ५० रोपनी क्षेत्रफलमा गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरस्तरिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतले लेखनाथ महोत्सव लेखनाथ बासीको गहना र गौरवको विषय भएकाले सवै क्षेत्रबाट सहयोग र सद्भाव रहने बताएका थिए ।

छलफल कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी, लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी र शिशुवा इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक मदनजीत महरा लगायतले महोत्सवलाई सफल बनाउन सवैको सहयोगको आवश्यकता रहने बताएका थिए । कार्यक्रमको संचालन संघका महासचिव छत्रधर आत्रेयले गरेका थिए भने धन्यवाद मन्तव्य प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारीले राखेका थिए ।

कमेन्टहरु
Loading...