अङ्ग्रेजी नयाँ वर्षको निम्तो बड्दै रेवान पोखरा

काठमाडौं, ३ पुष/अङ्ग्रजी नयाँ वर्षका अवसरमा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर पोखराको फेवाताल किनारमा आयोजना हुने पोखरा सडक महोत्सवको निम्तो बढ्दै रेवान पोखरा काठमाडौ पुगेको छ । पुष १३ देखि १७ गते सम्म हुने १८ औं पोखरा सडक महोत्सवको आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पोखरालाई नेपाल सहित विश्व पर्यटन बजारमा थप परिचित गराउन रेष्टुरेँट एण्ड वार एशोसिसयसन अफ नेपाल (रेवान) पोखराले महोत्सव १७ वर्ष देखि महोत्सव गदै आएको छ । फेवाताल किनारको शहीदचोकदेखि खहरे डिहिकोपाटनसम्म साँढे तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासाथ महोत्सव गर्न लागिएको जानकारी दिए ।

महोत्सवका अवसरमा होटल र रेष्टुरेँटले दिने सेवामा १५ देखि २० प्रतिशत छुट दिने संयोजक भट्टराईले जानकारी दिए। हिमाल, ताल, गुफा, धार्मिकस्थल र पर्यटकीय सुन्दरताले विश्व बजारमै अग्रणी पर्यटकीय गन्तव्यका रुपमा चिनिएको पोखरामा हुने सो महोत्सवमा विविध खानाका परिकार, खेलकुद, सांस्कृतिक र मनोरञ्जनमूलक कार्यक्रमसमेत आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्न यस्ता महोत्सवले योगदान पु¥याउने बताए।

कमेन्टहरु
Loading...