पोखरा,३ पुुस / पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला सोमबार सकिँदैछ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ मंसिर २३ गतेदेखि मेला चलेको हो । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाले स्वदेशी उत्पादनको बजारिकरण तथा व्यवसायिक प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले आउँदा दिनमा मेलालाई अझ परिस्कृत गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । पोखरा र समग्र पश्चिमाञ्चलको पर्यटकीय सम्भावनाको खोजी तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि मेला सहायक भएको उहाँको जिकिर रहेको छ । संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुका अनुसार सोमबार मेलामा टिकट काटेर प्रवेश गरेकाहरुमध्येबाट एक जनालाई बम्पर उपहार स्वरुप टिभिएस मोटरसाइल, दोस्रो वासिङ मेसिन,तेस्रो पुरस्कार ३२ इञ्चको टेलिभिजनसहित विभिन्न खाले सान्त्वना पुरस्कार पनि बितरण गरिने कार्यक्रम रहेको छ । पुरस्कारको निर्णय गोलाप्रथाबाट गरिनेछ ।
सोमबार ३ः ३० बजेसम्म मेलास्थल प्रवेश गर्नेलाई गोलाप्रथामा सहभागि गराइनेछ । संघका महासचिव दामु अधिकारीले आइतबार करिब १५ हजार जनाले मेलाको अवलोकन गरेको अनुमान लगाउनुभयो । उहाँका अनुसार हालसम्म मेला अवलोकनकर्ताको संख्या १ लाख ४० लाख पुगेको छ भने १० करोड ५० लाख जतिको कारोवार भएको छ । मेलामा आइतबार नेपालकी चर्चित नायिका करिष्मा मानन्धरको उपस्थितिमा फेसन सोको आयोजना गरियो । यसैगरी लोकदोहोरी गायक बद्रि पँगेनी पनि मेलाको आकर्षण रहे । विनोद बानियाको कर्णप्रिय स्वरमा धेरै लोभिए ।
सोमबार लोकदोहोरीतर्फ प्रिति आले मगर, पुरुषोत्तम न्यौपाने,शंकर विरही गुरुङ, पार्वती जिसी,चोलेन्द्र पौडेल,शिवहरि ढुंगाना, सीता परियार,माया केसी,रमेशबाबु थापालगायतका कलाकारको प्रस्तुति रहनेछ भने पपतर्फ कमल खत्री र ओम गुरुङको प्रस्तुति रहनेछ ।यसैगरी मेलाअन्तर्गत आयोजना गरिएको पिसिसिआई गायन ताराको फाइनल पनि सोमबार नै हुने भएको छ । पहिलो हुनेलाई १ लाख राशी नगदसहितको पुरस्कार राखिएको सो प्रतियोगिताको फाइनलमा प्रशान्ति राई, मधुसुधन श्रेष्ठ, विशाल रेग्मी,अनिल विक,सुनिल आरडी र ओमकाजी थापा पुगेका छन् ।
निर्णायक र दर्शकहरुले दिएको मतको आधारमा तीमध्येबाट विजेता घोषणा गरिने प्रतियोगिताका निर्णायक श्यामसुङ तामाङले जानकारी दिनुभयो । यता कपिलबस्तु जिल्लामा रहेको कृष्णनगर उद्योग वाणिज्य संघका सचिव लक्ष्मण भुषालको नेतृत्वमा आएको प्रतिनिधीमण्डलले आइतबार मेलाको अवलोकन गरेको छ । कृष्णनगरको टोलीलाई पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले स्वागत गर्दै संघको गतिविधी र मेलाबारे जानकारी दिनुभएको थियो ।