पोखरा ट्रेडमलको बम्पर उपहार खुल्यो, पहिलो पुरस्कार मोटरसाइकल (तपाईलाई प¥यो कि)

पोखरा, २५ मंसिर /पोखरा ट्रेड मल चिप्लेढुङ्गाद्वारा संचालित दशै तिहार मेला बम्पर उपहार कार्यक्रमको बम्पर उपहार कुपन नम्बर ०८२१७३ का ग्राहकले जितेका छन् । उक्त कुपनका भाग्यमानी ग्राहकले यामाहाको एफजेट मोटरसाइकल उपहार जितेका छन् । शनिबार एक कार्यक्रमबीच बम्पर उपहार सार्वजनिक गरिएको हो ।

गत असोज १५ देखि मंसिर २४ गतेसम्म मलमा सपिङ गर्ने ग्राहकले प्राप्त गरेका करिब ९० हजार कुपनलाई बम्पर उपहारमा सहभागी गराइएको प्रवन्ध सञ्चालक मीनराज काफ्लेले जानकारी दिए । बम्पर उपहार अन्तर्गत नै दोस्रो पुरस्कार यामाहाको स्कुटर कुपन नम्बर ०७८५०८ का ग्राहकले जितेका छन् । हिराको हार कुपन नं। ००१८४९ का ग्राहकलाई र मलेसियाको हवाइ टिकट कुपन नं। ०३१५०५ का ग्राहकलाई परेको छ । उपहार प्राप्त गर्न सफल कुपनका ग्राहकलाई १५ दिनभित्र ट्रेड मलको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा बम्पर उपहार सार्वजनिक गरिएको हो । उक्त अवसरमा बोल्दै सिंहले ठूला व्यवसायिक कम्प्लेक्समासबै सामान एकै स्थानमा प्राप्त गर्न सकिने भएकाले ग्राहकलाई राहत भएको धारणा राखे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र प्रजूले ग्राहकलाई लक्षित गरी उपहार योजना ल्याउनु राम्रो काम भएको विचार राखे ।

मेला अबधीभरमा करिब ९० हजार वटा कुपन ग्राहकले प्राप्त गरेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । मेला सुरु भएदेखि मलभित्रबाट करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मेला अबधीभर दैनिक र साप्ताहिक उपहार प्रदान गरिएको थियो हालसम्म ५ सय जना ग्राहकले दैनिक उपहार र ९ जना ग्राहकले साप्ताहिक उपहार जितिसकेको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।

यस अगाडि साप्ताहिक उपहार अन्तर्गत ३२ ईन्चको टि।भी। हेमजाकी नानु रेग्मी, पोखराकी सम्झना गुरुङ, हिरा माया गुरुङ, पामेका उकेश घलेले, लक्ष्मी लामा र २०० लिटरको फ्रिज पोखराका अश्रित थापा, हेमा गुरुङ, प्रविन गुरुङ र एशिका गुरुङले जितिसकेको मलका सञ्चालक एवं कार्यक्रम संयोजक बासुदेव पराजुलीले बताए । यसैबीच गत साताका उपहार बिजेता लक्ष्मी लामालाई ३२ इन्चको टिभी हस्तान्तरण गरिएको छ ।

चाड पर्वलाई लक्षित गरी ल्याइएको बम्पर उपहार कार्यक्रमले मलमा ग्राहकको निकै आकर्षण बढेको कम्पनी सचिव माधव तिमिल्सिनाले बताए । ‘आगामी दिनमा पनि ग्राहकको हितलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याउनेछौं,’ उनले भने ।

कमेन्टहरु
Loading...