सान्तोष पोखरेललाई नाट्टाको ‘मिडिया अवार्ड’

काठमाडौ, २४ मंसिर /पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पु¥याएको भन्दै नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेललाई नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले पुरस्कृत गरेको छ ।

नाट्टाको स्वर्ण महोत्सवको अवसर पारेर शुक्रबार पोखरेललाई यो वर्षको मिडिया अवार्ड दिइएको हो । पर्यटन मन्त्री जीवनबहादुर शाहीले पोखरेललाई २५ हजार रुपैयाँ नगद पुरस्कार सहित पुरस्कृत गरेका थिए । नाट्टाले पोखरेल सहित अर्थतन्त्र डटकम अनलाइनका पत्रकार रामेश्वर कार्की, अर्थ र ब्यापारका नवीन काफ्ले र एबिसी टिभीकी शारदा थापालाई पनि पुरस्कृत गरेको छ ।

पोखरेल नागरिक दैनिक स्थापनाकाल देखि नै पोखरामा कार्यरत छन् । उनले पर्यटन क्षेत्रलाई मुख्य रुपमा प्राथमिकता दिएर समाचार लेख्दै आएका छन् । कार्यक्रममा मन्त्री शाहीले संचारमाध्यमले पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको बताए । उनले कठिन अवस्थामा रहेको पर्यटन क्षेत्रलाई उकास्न संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नाट्टाका केन्द्रीय अध्यक्ष मधुसुदन आचार्यले पर्यटन क्षेत्रमा संचारमाध्यमले निकै नै गुन लगाएको बताए । स्वर्ण महोत्सवको अवसरमा नाट्टाले पूर्व अध्यक्ष सहित पर्यटन व्यावसायीलाई पनि सम्मान गरेको थियो । नाट्टाले पत्रकारिताको माध्यमबाट योगदान दिने पत्रकारहरुलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ । काठमाडौं बाहिर पहिलो पटक पत्रकार पुरस्कृत भएका हुन् ।

कमेन्टहरु
Loading...