११ औ एन प्याब्सान खेलकुद महोत्सव सुरु

पोखरा, १४ मंसिर/निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, कास्की (एन प्याब्सान) को आयोजना ११ औ एन प्याब्सान खेलकुद महोत्सव मंगलबारदेखि शरु भएको छ। महोत्सव मंसिर १७ गते सम्म चल्नेछ। ‘एन प्याब्सान कास्कीको सङ्कल्प ः खेलकुद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मुल नार लिएको उक्त प्रतियोगितामा भलिबल, फुटबल, वास्केटबल, ह्याण्डबल, टेबुलटेनिस खेलहरु आधारभूत र मावि तहमा छात्र र छात्रा समूहमा खेलाईनेछ। एथलेटिक्स विधाका सम्पूर्ण खेलहरु पनि महोत्सवमा खेलाईने छ।

महोत्सवको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले खेलकुद क्षेत्रको विकृति, विसंगति र अराजकतालाई अन्त्य गर्ने बताएका छन्। खेलकुद क्षेत्र भित्रको विकृति, विसंगति र अराजकतालाई अन्त्य गर्ने मेरो पहिलो काम हुने छ उलने भने– दिशाहिन तिर जान लागेको खेल क्षेत्रलाई नितिगत र भौतिकतहबाट नै असल प्रशिक्षक र असल खेलाडि उत्पादन गर्न म लाग्ने छु।

उनले शिक्षाको क्षेत्रमा खेलकुदलाई जोडिनु पर्ने बताए। खेलाडि उत्पादन गर्ने पहिले स्टेप भनेकै विद्यालय हो उनले भने– अव शैक्षिक पाठ्यक्रमा पनि खेलकुदलाई जोडिनु पर्दछ यो सवैको साझा माग हो। उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छिट्टै गर्ने जानकारी दिए। उनले १३ वर्ष मुनिका विद्यार्थीलाई खेलकुद सग जोड्नको लागि उपराष्ट्रपति चिल्डेन रनिङ शिल्ड प्रतियोगिता पनि गर्ने उद्धघोष गरे।

१३ वर्ष मुनिका वालवालिकालाई खेलक्षेत्रमा जोड्नका लागि हामी सगै कुनै कार्यक्रमनै भएन उनले भने–म तपाईहरुका माझ यहिबाट उद्धघोष गर्छु कि छिट्टै नै ती वालवालिकालार्य खेल क्षेत्रमा भित्रयाउनका लागि छिट्टै नै उपराष्ट्रपति चिल्डेन रनिङ शिल्ड प्रतियोगिता गर्नेछौ। पोखरालाई खेलकुदको नगरि बनाउन पनि आफू लागि पर्ने उनको भनाई थियो। पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि नगरि बनाउनु पर्दछ उनले भने–यसका लागि रंगशालालाई अन्तराष्ट्रिय रंगशाला बनाउन र खेलकुदको एकेडेमी पोखरामा स्थापना गर्न मन्त्रालय लाग्नेछ।

उनले एन प्याब्सानले गरेको यो खेलकुद महोत्सवले खेलाडि उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए। कार्यक्रममा एन प्याब्सानका केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीले खेलकुदको माध्यबाट सवैलाई जोड्न सकिने बताउदै खेलाडीबाट नेपालका राजनितिज्ञले पाठ सिक्नु पर्ने उल्लेख गरे। कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारयण चापागाईले एन प्याब्सनले शैक्षिक क्षेत्रमा उल्लेखनिय काम गरेको बताउदै कार्यलय सहकार्य गरेर अघि वढ्ने तयार रहेको उल्लेख गरे।

कार्यक्रममा हिसान कास्कीका अध्यक्ष वावुराम पन्त, ज्ञानबहादुर कार्कीले पनि बोलेका थिए। कार्यक्रममा एन प्याब्सनमा आवद्ध विद्यालयहरुका विद्यार्थीहले मार्च पास गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले जिम्नाष्टिक पनि प्रदर्शन गर्नुको साथै विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। यसैवीच मंगलबार भएको छात्र तर्फको बास्केटबल प्रतियोतिामा अक्सफोर्ड स्कूल, हार्वड एकेडेमी र गोर्खा बोर्डिङ स्कूल विजय भएका छन् भने छात्रा तर्फ अक्सफोर्ड स्कूल, हावर्ड एकेडेमी र गोर्खा बोर्डिङ स्कूल विजयी भए।

मार्च पास तफ गोर्खा बोर्डिङ स्कुल प्रथम कास्की मोर्डनाइज्ड एकेडेमी द्धितीय युर्निभर्स बोर्डिङ स्कूल तृतीय र त्रिवेणी पब्लिक मावि सान्त्वना भए। १५ हजार मिटर छात्र दौड तर्फ बिरेन्द्र मेमोरीयलका साजल कार्की प्रथम, कास्की मोर्डनाइज्डका सुजन गुरुङ द्धितीय र त्रिवेणी पब्लिकका मानिष वाग्ले तृतीय भए। छात्रा तर्फ ज्याभलिन थ्रोमा साईनिङ स्टारकी इलिना परियार प्रथम, कास्की मोर्डनाइज्डकी ऋतु पुन द्धितीय र मर्निङग्लोरीकी सरिना गिरी तृतीय भईन् भने छात्र तर्फ सटपुटमा हार्वड एकेडेमीका लक्ष्मण बर्देवा प्रथम, कास्की मोर्डनाइज्डका रविन गुरुङ द्धितीय र युनिभर्स बोर्डिङ स्कूलका आसिक सुनार तृतीय भए।

भलिबल छात्र तर्फ हार्वड एकेडेमी, बिरेन्द्र ममोरीयल, फेवा बोर्डिङ स्कूल, डायमण्ड स्कूल, मर्निङग्लोरी, सनराईज प्रिपाराटोरी, चिल्ड्रेन्स एकेडेमी, सिद्धिविनायक बोर्डिङ स्कूल, अञ्जुली बोर्डिङ, कास्की मोर्डनाइज्ड र हिलसाइड बोर्डिङ विजयी भए। छात्रा ह्याण्डबल तर्फ न्यू ग्यालेक्सी, हार्वड एकेडेमी र त्रिवेणी पब्लिक विजयी भएको प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए। एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...