पोखरामा १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सुरु, २५ जना छनौट

पोखरा, १३ मंसिर/पोखराको अपर सेतीमा सोमबार देखी १५ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगिता सुरु भएको छ । नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज नाराले आयोजनामा तीन दिन सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन डाउन रिभर रेस विधामा प्रतिस्पर्धा भएको

पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य
पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य

छ ।

३७ जना विदेशी सहित ९२ जनाले सहभागिता जनाएको प्रतियोगितामा २५ जना फाईनल प्रतियोगिताका लागि छनौट भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार बोर्डर क्रस हेड टु हेड अन्तर्गत ४ जना फाईनल प्रतिश्पर्धाका लागि छनौट हुनेछन् । त्यसै गरि बुधबार स्ट्रिम सलालम विधाका खेल आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सिनियर तर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै जुनियर तर्फ पहिलो ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैया प्राप्त गर्ने छन् । महिला तर्फ विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च अनुमान गरिएको छ ।

कास्कीको मर्दीदोभानबाट याम्दी सेती बाँध सम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको अपरसेतीको पाँच किलोमिटर क्षेत्रमा प्रतियोगिता सञ्चालन गरीएको छ । यसअघि भोटेकोशी, त्रिसुली, मस्र्याङदी लगायतका नदीमा हुदै आएको प्रतियोगिता पहिलो पटक सेती नदीमा आयोजना गरीएको हो ।

पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य
पोखरामा सञ्चालन भएको १५ औ हिमालयन कायाकिङ प्रतियोगिता सहभागी ः तस्विर सञ्जय शाक्य

कमेन्टहरु
Loading...