पोखरामा आइफोन सेभेन र सेभेन प्लस २० वटा विक्रि

पोखरा, १३ मंसिर/आइफोन सेभेन र सेभेन प्लस पोखरामा चार दिनमा २० वटा विक्रि भएका छन् । एप्पलको पोखराका लागि आधिकारिक विक्रेता पोखराको चिप्लेढुङगा रहेको ओम म्याक स्टोर्स सोमबार सम्ममा २० वटा विक्रि भइसकेको ओम म्याक स्टोर्सका सञ्चालक ओम लामाले जानकारी दिए ।

उनले त्यती नै मात्रामा अग्रिम बुकिङ रहेको उनले जानकारी दिए । आइफोन सेभेन र सेभेन प्लसको बराबर मात्रामा विक्री भएको उनले बताए । आइफोन सेभेन र सेभेन प्लसको मुल्य ९१ हजार रुपैयाँदेखि १ लाख ३६ हजारसम्म रहेको छ ।

iPhone 7 and 7 Plus Booking in Pokhara MacStore
iPhone 7 and 7 Plus Booking in Pokhara MacStore

लामाले आइएमइआई नम्बर लग अन गरेर आइफोन दिने बनाए । विदेशबाट ल्याइएका आइफोन दुरसंचार कम्पनीले बन्द गर्ने भएका कारण यस पटक आइफोनको कालो बजारी नहोस् भन्नका लागि यस्तो व्यवस्था गरेको बताए । उनले आइएमइआई नम्बर दिदा फोन हराए पनि ट्याग गरि कस्ले प्रयोग गरेको छ भन्ने पत्ता लगाउन सकिने बताए ।

उनले मोवाइलमा कुनै खराबी भएमा एक वर्ष भित्रमा साट्न सकिने र आइफोनमा आवश्यक पर्ने सफ्ट्योर थप एक वर्षका लागि उपलब्ध गराउने उनले बताए ।

कमेन्टहरु
Loading...