बिग आइकनको बैंकिङ पार्टनर ‘ओम डेभलपमेन्ट बैंक’

पोखरा, ७ मंसिर/सातौँ सँस्करणको बिग आइकनको बैंकिङ पार्टनरको रुपमा पोखराको ओम डेभलपमेन्ट बैंकले बिग एफएमसँग सहकार्य गरेको छ । सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स आपसमा जोडिएपछि बिग एफएमसँग सहकार्य गरेको यो पहिलोपटक हो । यद्यपी सिटीले यस अगाडिका ३ वटा सँस्करणमा बिग आइकनसँग सहकार्य गरिसकेको छ ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी र ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीबीच मंगलबार इभेन्टका लागि सम्झौता भएको हो । सम्झौतापछि ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले यो सम्झौताले आपसी भाईचारा देखाउने बताए । ‘यो सम्झौता दुवै संस्थाको व्यवसायिक हितसँग पनि जोडिएको छ ।’ उनले भने–‘त्यो भन्दा बढि गायन प्रतिभाहरुलाई मञ्च दिईरहेको बिग एफएमसँगको सुमधुर सम्बन्ध पनि यो सम्झौताले देखाउँछ ।’

सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स जोडिएर बनेको ओम डेभलपमेन्ट बैंक पनि ‘प्रोमोशन फेज’मा भएकोले यो सम्झौता त्यसका लागि पनि फलदायी हुने उनले अपेक्षा गरे । त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले बैंकिङ पार्टनरको रुपमा ओम डेभलपमेन्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । दुई सँस्थाको यो खाले भाईचारा आगामी दिनमा पनि निरन्तरता पाउनेमा उनी ढुक्क देखिए ।

कमेन्टहरु
Loading...