पोखरामा वार्षिक डेढअर्ब नेपाली रुपैयाँबराबर विदेशी मुद्रा सटही
पोखरा, ५ कात्तिक/भारतमा यतिबेला पाँचसय र एकहजारको नोटमा प्रतिबन्ध लगाईएको छ । नोटमा लगाईएको प्रतिबन्धले भारतीयहरु आफुसँग भएको पैसा बैंकमा साट्न आतुर छन् । भारतमा नोटमा लगाइएको प्रतिबन्धको असर पोखराको पर्यटन क्षेत्रमा पनि नजानिदो ढंगले परेको छ ।
भारतीय पर्यटकको सिजन अहिले होईन् । तर सिजन नभएपनि भारतीय पर्यटकको आगमनमा भने राम्रै हुने गथ्र्यो । तर अहिले ठयाक्कै विपरित भएको छ । भारतीय पर्यटकको आगमन शून्य जस्तै देखिन थालेको छ । त्यसको प्रत्यक्ष असर भनेको भारतमा पाँचसय र एकहजार दरको नोटको प्रतिबन्धले नै हो । ‘भारतीय पर्र्यटकको सिजन नभएपनि फाट्टफुट्ट बसमा पर्यटक आँउथे’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भने—‘तर अहिले ठप्पै छ । भारतीय पर्यटक देख्नै मुश्किल छ । नोटमा लगाइएको प्रतिबन्धको असर पर्यटनमा पनि परेको आभाष हामीले गरेका छौं ।’
मुद्रा सटही व्यवसायी संगठनका निवर्तमान अध्यक्ष समेत रहेका पराजुलीले साना दरका नोट बोक्न कठिनाई हुने र पाँच सय र एकहजारको दरका नोट व्यवसायीले प्रयोजन गर्ने गरेकोले आउँथे । तर अहिले भारतमै नोटमा लगाईएको प्रतिबन्धले नेपाल आउने पर्यटकको संख्या न्यून जस्तै छ । उनले भारतमा ठूला दरका नोटमा लगाईएको प्रतिबन्धसँगै पोखरामा पनि मुद्रा सटही मार्पmत भारतीय रुपैयाँ साटिदिन आग्रह समेत गर्ने गरेको खुलाए । नेपाल राष्ट्रबैंकले नेपालमा पाँच सय र एकहजारको भारतीय नोट प्रचलनमा रोक लगाएको थियो ।
मुद्रा सटही व्यवसायी संगठनमा पोखरामा ५० व्यवसायी आवद्ध छन् । वार्षिक डेढदेखि दुई अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सटही हुने गरेको अनुमान गरिएको छ । मुद्रा सटही व्यवसायी संघको छैटौं अधिवेशनले खेमराज पौडेलको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कृष्ण भण्डारी, सचिवमा रुमक मिश्र, कोषाध्यक्षमा धनन्जय पौडेल रहेका छन् । यसैगरी सदस्यहरुमा सुर्य शाही, खगेन्द्र पौडेल, ध्रुवजित कुँवर, दिपक पौडेल र संगीता पौडेल रहेका छन् । अधिवेशनका नेपाल राष्ट्र बैंकका कामु निर्देशक अमर अधिकारीले उदघाटन गरेका थिए ।