शुभ अधिकारी ट्राभल्सको पोखरा–काठमाडौ एयरपोर्ट नयाँ बस सेवा

पोखरा, १ मंसिर /पृथ्वी राजमार्ग बस सञ्चालक समितिको व्यवस्थापन रहने गरी शुभ अधिकारी ट्राभल्स प्रालि पोखराले नयाँ बस सञ्चालन गर्ने भएको छ । प्रालिले आगामी सोमबारबाट पोखरा–काठमाडौंका लागि २ वटा पर्यटक स्तरीय बस सञ्चालनमा ल्याउन लागेको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

पोखराको जिरोकिलो मिटरबाट बिहान ८ः१५ बजे र पर्यटन बसपार्कबाट ८ः३० बजे छुटेको बस काठमाडौंको गंगबु, चाबेल, गौसाला हुँदै एयरपोर्टसम्म पुग्ने प्रालिका सञ्चालक टीकाराम अधिकारीले जानकारी दिए । सोमबार पोखरा र काठमाडौं दुवै ठाउँबाट एकै पटक बस सेवा शुभारम्भ गरिने उनले बताए ।

प्रालिले पोखराबाट काठमाडौंको बौद्ध र जोरपाटीका लागि एकएक वटा बस गत वर्षदेखि सञ्चालन गरिरहेको छ । प्रालिले नयाँ दुई वटा बसमा करिब डेढ करोड रुपैयाँ लगानी थप गरेको अधिकारीले जानकारी दिए । निःशुल्क वाइफाइ, पिउने पानी, पत्रपत्रिका पढ्न पाइने सुविधा उपलब्ध हुने उक्त बसको भाडादर ५ सय रुपैयाँ कामय गरिएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत १ हजार २ सय ५० वटा बस सञ्चालन भइरहेको महासचिव केसीले जानकारी दिए । समितिका उपाध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

कमेन्टहरु
Loading...