कन्साई पेन्ट्सको पोखरामा अत्याधुनिक डिलर सञ्चालनमा

पोखरा २९ कात्तिक /कन्साई पेन्ट्स नेपाल प्रालिले पोखरामा सुविधासम्पन्न अत्याधूनिक डिलर सञ्चालनमा ल्याएको छ । डिलरको कन्साई पेन्ट्सका निर्देशक, सार्क चेम्बर अफ कमर्सका सदस्य तथा विरगंज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक बैद्यले उद्धाटन गरे ।

काठमाडौ र विरगंजमा डिलर सञ्चालन गरिसकेको प्रालिले पोखरा रत्नचोक नजिकै सोमबारदेखि डिलर सञ्चालनमा ल्याएको हो । पोखरामा सिजी अपूर्वाले डिलरको जिम्मा लिएको छ । कन्साई पेन्ट्स नेपाल कन्साई नेरोल्याक पन्ट्स लिमिटेडको शाखा कम्पनी हो । यसको स्वामित्व कन्साई पेन्ट्स कम्पनी जापानसँग रहेको कन्साई पेन्ट्स नेपालका कन्ट्री हेड मनोज मिश्रले जानकारी दिए ।

कन्साई पेन्ट्सको पोखरामा अत्याधुनिक डिलर सञ्चालनमा
कन्साई पेन्ट्सको पोखरामा अत्याधुनिक डिलर सञ्चालनमा

देशका प्रमुख शहरमा सेवा विस्तारको क्रममा पोखरामा डिलर सञ्चालनमा ल्याइएको उनले बताए । उनले एक वर्ष भित्रमा नेपालका अन्य प्रमुख शहरहरुमा ५ ठाउँमा विस्तार गर्ने लक्ष्य रहेको बताए । पोखराबाट पेन्ट्स सहित हार्डवयरका अन्य सामान समेत पाउन सकिने डिलरका सञ्चालक दिनेश प्रसाद चौधरीले बताए ।

कन्साई पेन्ट्सको पोखरामा अत्याधुनिक डिलर सञ्चालनमा
कन्साई पेन्ट्सको पोखरामा अत्याधुनिक डिलर सञ्चालनमा

पोखरामा सिजी हार्डवयर प्रालि तथा नेपाल सालिमार कम्पनीसँगको सहकार्यमा डिलर सञ्चालन गरिएको हो । अपूर्वा नेपालका अध्यक्ष राजु गुप्ताले ग्राहकको चाहना अनुसार गुणस्तरिय सेवाको लागि सधै तयार रहेको बताए । कन्साई पेन्ट्सको चालु आर्थिक बर्षमा सबैभन्दा बढी विक्रिदर रहेको र आगामी दिनमा पनि बढ्दै जाने बताए । उनले लिड् फ्रि र भोस पेन्ट रहित भएकाले स्वास्थ्यलार्य कुनै हानी नहुने बताए ।

कमेन्टहरु
Loading...