फोर्स मोटर्सको शोरूम अब चितवनमा पनि

पोखरा, ८ कात्तिक /फोर्स मोटर्स लिमिटेड इन्डियाको नेपालका लागि आधिकारिक बिक्रेता तथा आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो स्थानीय बिक्रेता रेयन मोटर्स प्रालि मार्फत चितवनको भरतपुरमा आफ्नो शोरूम आइतबारबाट सञ्चालनमा ल्याएको छ ।

आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापा तथा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमद्वारा संयुक्त रूपमा शोरूमको औपचारिक उद्घाटन गरिएको हो । चितवनको भरतपुरमा फोर्स मोटर्सका ब्राण्डहरु ट्रयाक्स क्रुइजर जिप, ट्रयाक कार्गो किङ (पिकअप), ट्रम्प ४०, बलवान ट्रयाक्टर लगायतका गाडीहरुको बिक्री सुरुवात गरिएको हो । सोही अबसरमा फोर्स मोटर्सका उत्पादन ट्रयाक्स गुर्खा जिप, गामा जिप, ट्रयाक्स एम्बुलेन्स लगायतका गाडीहरुको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा रेयन मोटर्सका अध्यक्ष यज्ञ प्रसाद पौडेल, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्साल, प्रबन्धक राजन शिल्पकार, चितवन अबस्थित व्यापारी, बैंकर्स, यातायात समितिका पदाधिकारी लगायतको उपस्थिति थियो । बिगत केही वर्षदेखि फोर्स मोटर्सले नेपामा आफ्नो आधिकारिक आयातकर्ता र बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।

यस भन्दा अगाडि आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैरीधारा, पोखराको बुद्धचोक, झापाको बिर्तामोड, विराटनगरको कन्चनबारी, सप्तरीको राजविराजमा आफ्नो शोरूम संचालनमा ल्याइसकेको छ । नेपालको सडक सुहाउँदो तथा अत्याधिक बलियो भएकाले फोर्सका उत्पादन नेपालमा निकै लोकप्रिय बनिरहेको अध्यक्ष ध्रुवबहादुर थापाले बताए । ‘नेपालमा बिक्री शुरु भएदेखि नै फोर्सका सवारी लोकप्रिय बनेका छन्,’ थापाले भने ।

कमेन्टहरु
Loading...