क्रिकेटका नाममा मानव तस्करी गर्नेलाई सार्वजनीक गर्न माग राख्दै ज्ञापनपत्र

काठमाडौ, ६ असोज /नेपाली क्रिकेट सर्मथक समाजले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई ज्ञापन पत्र बुझाएको छ ।

क्रिकेट खेललाई ढाल बनाई भएको मानव तस्करीको घटनाको छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सर्मथक समाजले शनिवार राखेप सदस्य सचिव केशवकुमार विष्ट्रलाई ज्ञापन पत्रबुझाएको हो ।

नेपाली क्रिकेट सर्मथक समाजका अध्यक्ष भानुभक्त सिग्देल द्धारा हस्ताक्षर गरि प्रदान गरिएको ज्ञापन पत्रमा लामो समय सम्म पनि छानबिन समितिको प्रतिवेदन सार्वजनीक नगर्दा दोषिले उन्मुक्तिपाउन सक्ने भन्दै सत्य तथ्य तत्य सार्वजनिक गर्न मागगरिएको हो ।

ज्ञापन पत्र ग्रहण गर्दे सदस्य सचिव विष्ट्रले मानव तस्करी गर्ने उद्देश्यले नै खेलाडिको नाममा गैर खेलाडी विदेश पु¥याउने घटना गम्भिर भएको भन्दै दोषिलाई कारवाहीगर्न प्रतिबद्धता व्यक्त गरे ।

छानविन समितिको प्रतिवेदन दशै विदा तथा कानुनी सल्लाह लिन ुपरेकोले केहि ढिलाई भएको भन्दै विष्ट्रले आरोपित व्यक्ति विदेशमा (अमेरिका) रहेकोले खेलकुद परिषदले थप अनुसन्धान गर्न कठिनाई भएकोले नेपाल प्रहरीको सहयोगमा खेलकुद मन्त्रालय मार्फत थप अनुसन्धान गरिने बताए ।

उनले नेपाली खेलकुदको नेतृत्व तहमा पुगेकाहरु आफनो व्यक्तिगत फाइदामा केन्द्रित रहदा प्रतिभावान खेलाडी समेत आर्थिक अभावले विदेश पलायन हुनुपर्ने वाध्यता रहेको भन्दै खेलकुदको विकासको लागि नेतृत्वको सोचमा परिवर्तन आवश्यक रहेको बताए ।
नेपालीक्रिकेट समर्थक समाजक ापदाधिकारी तथा एशोसिएट सदस्यको सहभागिता रहेको कार्यक्रममा समाजका सहसचिव विराज घिमिरेले राखेप सदस्य सचिव केशवकुमार विष्टलाई ज्ञापन पत्रप्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...