पोखराको ओम डेभलपमेन्टर र गोर्खाको मनास्लु विकास बैंक मर्ज हुने

पोखरा, २८ असोज /ओम डेभलपमेन्ट बैंक लि. र मनास्लु विकास बैंक लि. मर्जरमा जानको लागि सैद्धान्तिक सहमति गरेका छन् । मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड , कर्जा १२ अर्ब ६१ करोड पुग्नेछ भने ३६ वटा शाखा हुने छन् ।

ओम डेभलपमेन्ट बैंक लि.को प्रधान कार्यालय पोखरा र मनास्लु विकास बैंक लि.को प्रधान कार्यालय गोर्खामा रहेको छ । मर्जर पछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालसालै ओमको सञ्चालक समितिले २९.२० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारण सभाले दुबै संस्थाको बोनश शेयर पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६८ करोड पुग्नेछ ।

सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक लि. रहनेछ । मर्जरपछि बैंकको अध्यक्षमा ओम डेभलपमेन्ट बैंक लि. अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओम डेभलपमेन्ट बैंक लि.का बिश्व मोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ओम डेभलपमेन्ट बैंक लि.का बुद्धि मल्ल र सहायक महाप्रवन्धकमा मनास्लु विकास बैंक लि.का निमित्त महाप्रवन्धक दुर्गा राम पुरी रहनेछन् ।

कमेन्टहरु
Loading...