होटल संघ र नाट्टाद्वारा दशैं शुभकामना

पोखरा, २२ असोज ः बडादशैंको अवसरमा पश्चिमाञ्चल होटल संघ पोखरा र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पोखराले शुक्रबार पोखरामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् ।

सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले दशैंले सबैमा खुसियाली र समृद्धि ल्यायोस् भन्दै शुभकामना दिएका थिए ।

संघका अध्यक्ष भरतराज पराजुलीले पनि सो अबसरमा उपस्थित सबैलाई दशैंको शुभकामना दिंदै धन्यबाद ज्ञापन गरेका थिए । नाट्टा पोखराका अध्यक्ष डिल गौतमले दशैं खुसि र उमंगको रुपमा मनाउन सबैसँग आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...