गण्डकी, रामेश्वरी, सैनिक र सेन्ट फ्रान्सिस स्कुल फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

पोखरा, २६ जेठ/गण्डकी बोर्डिङ स्कुल, रामेश्वरी मावि, सैनिक आवासीय महाविद्यालय र सेन्ट फ्रान्सिस स्कुल प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत कास्की जिल्लास्तरीय मावि फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रड्डशालामा आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा गण्डकी बोर्डिङ स्कुलले प्रगति बोर्डिङ स्कुललाई ५–० ले पराजित ग¥यो । दोस्रो खेलमा रामेश्वरी माविले आदर्श बोर्डिङ स्कुललाई २–० ले पराजित ग¥यो । शान्तिदीप इङ्लिस स्कुल मझेरीपाटनको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सैनिक आवासीय महाविद्यालयले चिल्ड्रेन्स एकेडेमीलाई ३–० ले पराजितत ग¥यो। पहिलो हाफमा ३–० पछि परेको चिल्ड्रेन्स एकेडेमीले दोस्रो हाफमा बलियो टीमसँग आÇना खेलाडीहरू खेल्न नसक्ने भन्दै मैदानबाट बाहिरिएको प्रतियोगिता संयोजक जगत थापाले जानकारी दिए।

दोस्रो खेलमा सेन्ट फ्रान्सिस स्कुलले भाष्कर मेमोरियल इङ्लिस स्कुललाई टाइब्रेकरमा ११–१० ले पराजित ग¥यो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो । सोमबार पोखरा रड्डशालामा समूह ए का गण्डकी बोर्डिङ स्कुल र रामेश्वरी माविबीच बिहान सात बजे तथा शान्तिदीपमा समूह बी का सैनिक आवासीय र सेन्ट फ्रान्सिस स्कुलबीच बिहान सात बजे दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनल खेल दिउँसो पोखरा रड्डशालामा हुने प्याब्सन कास्कीले जनाएको छ।

 

कमेन्टहरु
Loading...