बास्तोला कम्प्लेक्स सस्तो मेला जारी

पोखरा, २१ असोज/पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्समा मङ्गबारदेखि शुरु भएको सस्तो व्यापार मेला – २०७३ शुक्रबार पनि जारी रहेको छ। मेलाको चौथो दिन पनि दर्शकको उत्साहजनक सहभागिता रहेको थियो। मेला शनिवार सकिदैछ।

विजयादशमी तथा शुभ दिपावलीको अवसरमा उपभोक्ताको सहजताका लागि मेला आयोजना गरिएको हो। मनोरञ्जनसँगै दसंैका अत्यावश्यक सामाग्रीहरु समेत उपलब्ध भएका कारण मेलामा दर्शकको घुईचो लाग्ने गरेको छ।

मेलामा प्रत्यक दिन चर्चित हाँस्य तथा लोकदोहोरी कलाकारको प्रस्तुती रहेको छ। मेलामा शुक्रबार लोक सङगिततर्फ प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, विजय केसी, ज्ञानेश्वर सुवेदी, उमादेवी खनाल, दिलु लामा, निशा पोखरेल र हाँस्यतर्फ जोडी खासखुस युनिटको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।

मेलामा लत्ताकपडा र खाद्यान्न सामाग्री बढि विक्री हुने गरेको छ। प्रवेश निशुल्क राखिएको सो मेलामा सहभागि दर्शकले दुई सय बराबरको सामान किने एउटा कुपन दिई भाग्यशाली ग्राहक एवम् दर्शकलाई च्याङ्ग्रा उपहार प्रदान गरिने छ।

कमेन्टहरु
Loading...