सिद्धार्थ बैंकको पोखरा नयाँ सडक शाखा अब चिप्लेङ्गामा

पोखरा, १९ असोज /सिद्धार्थ बैंकले पोखराको नयाँ सडकस्थित शाखा कार्यालयलाई बुधबार देखि साविकको शाखा कार्यालय भवन भन्दा करीब ५ सय मिटर उत्तरतर्फ चिप्लेङ्गामा रहेको सेलवेज टावरमा स्थानान्तरण गरेको छ ।

शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक चिरञ्जीवी चापागाईं र बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखेले संयुक्त रुपमा गरे ।

उच्चस्तरिय भौतिक सुविधासहित पोखराको प्रमुख व्यापारिक केन्द्रमा अवस्थित यस नयाँ शाखा कार्यालय मार्फत् बैंकले ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कमेन्टहरु
Loading...