पाँचौं संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता जारी

पोखरा, १९ असोज/पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ अन्र्तगत मंगलबार दोश्रो चरणका ७ खेल सम्पन्न भएका छन् । पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा भ्याली स्पोटर्स क्लवले अन्नपुर्ण एफ.सी.लाई ३–० ले पराजित गर्यो ।

दोश्रो खेलमा बी थट्टीन बीले बेगनास एफ.सी.लाई ३–० को गोल अन्तरले पन्छायो । निकै प्रतिस्प्रर्धामा सम्पन्न भएको तेश्रो खेलमा एस.एन.एस. बी थट्टीन ले टाइब्रेकरमा ३–२ को गोल अन्तरले इन्द्रेणी एफ.सी.लाई हरायो। निर्धारित समयमादुबै तर्फ एकएक गोल पछि खेल टाईब्रेकरमा पुगेको हो । अर्को खेलमा ए.वाई.सी.भण्डारढिकले विष्णुपादुका क्लवलाई विशन गुरुङको दुई गोलको मद्धतले ३–० ले पराजित गर्यो ।

नेपाल मुस्लीम क्लवले होम ग्राउण्ड क्लवलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुबै तर्फएकएक गोल भएको थियो। बी.थट्टीन ए ले आर.एस.एस.एफ.सी.लाई टाईब्रेकरमा २–१ को नजिता ल्याउदै प्रि क्वाटर फाईनलमा यात्रा बनाएको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भएको थियो । सातौ खेलमा एल.जी. एशोसिएसनले गार्डेन एफ.सी.लाई ३–० ले पराजित गर्यो । दिव्य ज्योति एफ.सी.ले भने सहज जित दर्ता गर्यो ।

लेकसाइृड एफ.सी.प्रतियोगितामा नआए पछि दिव्य ज्योतिले वाकओभरमा सहज जित दर्ता गरेको हो । सवै खेलमा जित हासिल गरेका टिमहरु अन्तिम १६ मा यात्रा तय गरेका छन । बुधबार दोश्रो चरण तथा प्रि–क्वाटर फाईनलका ८ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले बताए ।

कमेन्टहरु
Loading...