ट्रेड मलमा सपिङ गर्दा २ दिनमा २० जनालाई उपहार

पोखरा, १८ असोज /पोखरा ट्रेड मल चिप्लेढुङ्गाद्वारा सञ्चालित दशैं तिहार मेला अन्तर्गत सपिङ गर्ने ग्राहकहरुले उपहार प्राप्त गर्ने क्रम जारी छ । मलमा आइतबार सपिङ गर्ने ग्राहकहरु मध्येबाट ०६५०५९ का ग्राहकले ५ सय रुपैयाँको उपहार कुपन जितेका छन् ।

दुई सय रुपैयाँको नगद भौचर ०११७३३, ०४०६७५ र ०३४४१९ नम्बरको कुपन भएका ग्राहकले जितेका छन् । मुभी टिकट बिजेताहरुमा ०४५३८७, ०१०६०४७ र ०५२०७४ नम्बर कुपनका ग्राहक छन् भने आकर्षक गिफ्ट ह्याम्पर ०४५३८६, ०५५९५९ र ०३०९६७ नम्बरका कुपनका ग्राहक प्राप्त गर्न सफल भएको मलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ ।

अघिल्लो दिनमा सामान गरिद गरेका ग्राहकहले प्राप्त गरेको कुपनका आधारमा प्रत्येक दिन भाग्यमानी ग्राहकलाई गोला प्रथाद्वारा पुरस्कार प्रदान गरिने उपहार कार्यक्रमका संयोजक बासुदेव पराजुलीले जानकारी दिए । आइतबार १० र सोमबार १० जनाले उपहार प्राप्त गरिसकेका छन् । सोमबार सामान गरिद गरेका ग्राहकहरु मध्येबाट मंगलबार गोला प्रथाद्वारा पुरस्कार पाउने ग्राहक छनोट गरिनेछ ।

मेला अबधिभर सपिङ गर्ने ग्राहकहरु मध्येबाट बम्पर उपहार अन्तर्गत १ जनालाई यामाहा मोटरसाइकल र १ जनालाई यामाहा स्कुटर प्रदान गरिने मलका निर्देशक सन्तोेष घिमिरेले जानकारी दिए । हिराको हार १ थान र मलेसियाको हवाई टिकट १ थान पनि बम्पर उपहारमा समावेश गरिएको छ । साप्ताहिक उपहार अन्तर्गत सिजीको ३२ इन्चको एल.इ.डि. टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान भाग्यमानी ग्राहकलाई प्रदान गरिनेछ ।

कमेन्टहरु
Loading...