प्रथम राष्ट्रिय विद्यालय खेलकुद –२०७० जुनियर च्याम्पियनसीप फुटबलमा प्रिक्वाटरफाइनलका खेल सम्पन्न

पोखरा, २५ जेठ। प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत कास्की जिल्लास्तरीय मावि फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। जसअनुसार समूह ए बाट गण्डकी बोर्डिङ स्कुल, प्रगति बोर्डिङ स्कुल, रामेश्वरी मावि र आदर्श बोर्डिङ स्कुल तथा समूह बी बाट चिल्ड्रेन्स एकेडेमी, सैनिक आवासीय महाविद्यालय, भाष्कर मेमोरियल इङ्लिस स्कुल र सेन्ट फ्रान्सिस स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्।rपोखरा रड्डशालामा शनिबार भएको पहिलो खेलमा गण्डकी बोर्डिङ स्कुलले शही मेमोरियल स्कुललाई ६–० ले पराजित ग¥यो। दोस्रो खेलमा आदर्श बोर्डिङ स्कुलले सरस्वती उमाविलाई ४–० ले पराजित ग¥यो। यो समूहबाट प्रगति र रामेश्वरी यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्।

शान्तिदीप इङ्लिस स्कुल मझेरीपाटनको खेलमैदानमा भएको पहिलो खेलमा चिल्ड्रेन्स एकेडेमीले राइजिङ स्टार एकेडेमीलाई २–१ ले पराजित ग¥यो। दोस्रो खेलमा भाष्कर मेमोरियल इङ्लिस स्कुलले प्रतिभा बोर्डिङ स्कुललाई ३–० ले पराजित ग¥यो। दुई जना विद्यालय बाहिरका खेलाडी खेलाएको भन्दै प्रतिभाले भाष्करविरुद्ध प्रोटेस्ट हालेको र अनुसन्धानमा ती खेलाडी १० कक्षामै अध्ययनरत रहेको देखिएको हुँदा भाष्करविरुद्धको प्रोटेस्ट नलागेकोले यसअघिकै जीतलाई सदर गरिएको प्रतियोगिता संयोजक जगत थापाले जानकारी दिए।

तेस्रो खेलमा सेन्ट फ्रान्सिस स्कुलले वीज्डम बोर्डिङ स्कुललाई १–० ले पराजित ग¥यो। यो समूहबाट सैनिक आवासीय महाविद्यालय यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ। आइतबार पोखरा रड्डशालामा समूह ए तर्फ गण्डकी बोर्डिङ सकुल र प्रगति बोर्डिङ स्कुलबीच पहिलो, रामेश्वरी मावि र आदर्श बोर्डिङ स्कुलबीच दोस्रो, शान्तिदीपमा समूह बी तर्फ चिल्ड्रेन्स एकेडेमी र सैनिक आवासीय महाविद्यालयबीच पहिलो तथा भाष्कर मेमोरियल इङ्लिस स्कुल र सेन्ट फ्रान्सिस स्कुलबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछन्।

कमेन्टहरु
Loading...