पोखरा ट्रेड मलमा सामान किन्दा उपहारै उपहार

पोखरा, १४ असोज /पोखराको चिप्लेढुंगामा एक वर्ष देखि सञ्चालित पोखरा ट्रेड मलमा सामान किन्दा उपहारै उपहार प्राप्त गर्न सकिने योजना सार्वजनीक भएको छ । ग्राहकको हितलाई मध्यनजर गरी ट्रेड मल व्यवस्थापनले उपहार योजना सार्वजनिक गरेको हो ।

दशैं तिहार मेला अन्तर्गत ग्राहकलाई निःशुल्क बम्पर उपहार कार्यक्रम ल्याइएको ट्रेड मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । जसअन्तर्गत दैनिक, साप्ताहिक र बम्पर उपहार योजना सार्वजनिक गरिएको छ । बम्पर उपहार योजना अन्तर्गत भाग्यमानी ग्राहकले १ थान यामाहा बाइक र १ थान यामाहा स्कुटर, हिराको हार १ थान र मलेसियाको हवाई टिकट १ थान प्राप्त गर्ने थापाले जानकारी दिए ।

पोखरा टेड्र मलमा
पोखरा टेड्र मलमा

साप्ताहिक उपहार अन्तर्गत सिजीको ३२ इन्चको एलइडि टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान भाग्यमानी ग्राहकलाई प्रदान गरिने उपहार योजना कार्यक्रम संयोजक बासुदेव पराजुलीले जानकारी दिए । दैनिक उपहार योजना अन्तर्गत १ लाख रुपैयाँ बराबरको नगद भौचर, मुभि टिकट र आकर्षक गिफ्टहाम्परको व्यवस्था रहेको बताए ।

पोखरा ट्रेड मलभित्रका जुनसुकै पसलमा सामान खरिद गर्दा कुपन प्राप्त गर्नेछन् । न्युनतम १ हजार रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन र २ हजार ५ सय वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिनेछ । मलभित्र आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘उपहार योजना निकै प्रभावकारी बनेको पाएका छौं,’ उनले भने, ‘उपहार योजनाका कारण ट्रेड मलमा सपिङ गर्ने ग्राहकको संख्यामा बृद्धि हुने अपेक्षा गरेका छौं ।’

अघिल्लो वर्ष ट्रेड मलले सञ्चालन गरेको ‘निःशुल्क भाग्यशाली उपहार’ योजना अन्तर्गत प्रथम पुरस्कार लेकसाइड निवासी माया लामिछानेले प्राप्त गरेकी थिइन् । गत वर्ष ट्रेड मल सञ्चालन भएको अवसरमा उपहार योजना ल्याइएको थियो । यस पटकको उपहार योजना असोज १५ देखि मंसिर २४ गतेसम्म लागु हुने उनले जानकारी दिए । पोखरा ट्रेडमलमा करीब ५ सय पसलहरु छन् । पोखरा ट्रेडमलको बम्पर उपहार योजनाले पोखरेलीहरुमा दशैंको बहार ल्याउने आयोजकको विश्वास छ ।

कमेन्टहरु
Loading...