कैलाश विकास बैंक २३ औ बार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम

पोखरा, १२ असोज/कैलाश विकास बैंकले आफ्नो २३ औं बार्षिकोत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पोखरा १० रामघाट स्थित श्रमीक बालबालीकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा बालबालिका तथा किशोर किशोरी सम्पर्क केन्द्रका कार्यक्रम संयोजक भक्तराज रसाईलीले बालबालिकालाई ठूलो राहत भएको बताए ।

बैंकका प्रवन्धक बुद्धिराज बरालले आजका साना बाल बालिकाहरुका लागि सानो सहयोग भन्दा पनि उत्प्रेरणा जगाउन सहयोग पु¥याउने बिश्वास ब्यक्त गरे । त्यसै गरी बैंकका सहायक महाप्रवन्धक सूर्य प्रसाद तिवारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताए ।

कार्यक्रममा बैंकका सहायक प्रवन्धक अम्बिका शर्माको संयोजकत्वमा भएको थियो भने बांझापाटन शाखाका शाखा प्रमुख शोभा भुर्तेलले सञ्चालन गरेकी थिइन् । बि. सं. २०५० साल असोज १४ गते अन्नपूर्ण फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको वित्तिय संस्था स्तरोन्नती भई कैलाश बिकास बैंक भएको हो ।

२०७३ जेष्ठ १७ गते देखि मेट्रो डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड, कैलाश बिकास बैंक लिमिटेड सँग गाभिई संयुक्त रुपमा कैलाश बिकास बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्दै आएको छ । २०७३ साल आषाढ मसान्त सम्म बैंकको चुक्ता पूँजी १ अर्ब ५८ करोड पुगेको छ । त्यस्तै, १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । गत आ.व.मा संस्थाले करिब ४४ करोड खुद मुनाफा गरेको छ भने मर्जर पछि शाखा संख्या ३८ र एटिएम संख्या १७ पुगेको छ ।

कमेन्टहरु
Loading...