ल्वाङघलेलमा दशैं उत्सवको तयारी

पोखरा ८ असोज/क्यानोनिङ गाउँ ल्वाङघलेलमा विजयादशमी उत्वस २०७३ हुने भएको छ । कास्की जिल्लाको सुदूर उत्तरी क्षेत्रको पर्यटकीय गाउँ ल्वाङघलेलको परम्परागत कला–संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक यस्तो उत्वस गरिन लागिएको कार्यक्रम संयोजक कमलबहादुर गुरुङले जानकारी दिएका छन् ।

स्थानीय निश्चल झरना युवा क्लब, लुम्रेको आयोजनामा हुन लागेको उत्सव असोज १९ देखि २३ गतेसम्म चल्ने छ । उत्सवमा साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, खुल्ला वडास्तरीय भलिबल प्रतियोगित, अन्तरक्लबस्तरीय खुल्ला महिला भलिब प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, अर्गानिक परिकारका स्वाद, स्थानीय कलाकारहरूको प्रस्तुतीलगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

करिब २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो उत्सवमा घैंटो फुटाउने, रस्साकसी, छेलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत सञ्चालन गरिने छ । कार्यक्रम सम्पन्न गर्नका लागि कमलबहादुर गुरुङको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...