जहाजमै मोवाइल पड्कियो

नयाँदिल्ली, ८ असोज /विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लागेको छ । ग्यालेक्सी नोट सेभेन पड्केर हैरानी खेपेको सामसुङका लागि फेरि अर्को समस्या आइ लागेको हो ।

ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएपछि साङसुङलाई अर्को झड्का लागेको हो। भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

जहाजमै मोवाइल पड्कियो
जहाजमै मोवाइल पड्कियो

सामसङले ग्यालेक्सी नोट टु सन् २०१२ अक्टोबरमा लन्च गरेको थियो । एक व्यवसायिक उडान इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो। समाचारमा जनाइए अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थियो, जहाँ यात्रुले आफ्नो हेन्ड ब्याग पनि राख्ने गरेका हुन्छन्।

भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकका अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरेका छन्। अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए । डीजीसीएका एक प्रवक्ताका अनुसार यस घटनामा जहाजमा सवार कुनै यात्रुलाई कुनै चोटपटक लागेको छैन ।

कमेन्टहरु
Loading...