पोखरा, ३ असोज /पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखे सहित उनकै प्यानलका अधिकाशं विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलाई १५५ मत अन्तरले हराए ।
पालिखेले ९५५ मत प्राप्त गर्दा क्षेत्रीले ८०० मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अन्य प्रत्यासीहरु नारायण कोईरालाले ४११ , हिरा भट्टराईले १६३, ईश्वर कर्माचार्यले १२३ र धनिराम बरालले ४४ मत प्राप्त गरे ।
निर्वाचनको मत परिणाम अनुसार संघको पदाधिकारीमा पालिखे प्यानलको बर्चश्व भएको छ । बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु निर्वाचित भए । उनले निकटतम प्रतिद्धन्दी मिनराज काफ्लेलाई ४१४ मत हन्तरले हराए । प्रजुले कुल १४५४ मत ल्याए भने काफ्लेले १०४० मत प्राप्त गरे ।
त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा पालिखे प्यानलकै गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी सीता गुरुङलाई जम्मा १ मतले हराए । कार्कीले १२४१ म्त प्राप्त गर्दा गुरुङले १२४० मत प्राप्त गरिन् ।

वाणिज्य तर्फको उपाध्यक्षमा भने दुबै प्यानलकालाई हराउदै स्वतन्त्र उमेदवार विन्दु कोईराला सुवेदी निर्वाचित भइन् । सुवेदी ९६२ मत सहित निर्वाचित भएकी हुन् । सोहि पदको लागि पालिखे प्यानलबाट प्रतिश्पर्धामा रहेका केदारनाथ भट्टराईले ८२८ र क्षेत्री प्यानलका सुरेश अधिकारीले ६९० मत प्राप्त गरे ।
संघको महासचिवमा पालिखे प्यानलबाट प्रतिश्पर्धामा उत्रिएका दामु अधिकारीले बाजी मारे । उनले निकटतम प्रतिद्धन्दी लक्ष्मी पाण्डेलाई ३३३ मतले हराए । अधिकारी कुल १४१२ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने १०७९ मत प्राप्त गरेकी पाण्डे पराजित भइन् ।
कोषाध्यक्षमा पालिखे प्यानलकै प्रतिश्पर्धी पवन कुमार प्रजापति निर्वाचित भए । उनले अर्का प्रत्यासी जनकराज पराजुलीलाई ५४३ मतले हराए । प्रजापती १५१८ मत सहित निर्वाचित भएका हुन् । पराजुलीले ९७५ मत प्राप्त गरेका थिए । संघको उपमहासचिवमा क्षेत्री प्यानलका अर्जुन पोखरेल निर्वाचित भए । पोखरेल १०९८ मत सहित निर्वाचित हुदा सोहि पदका प्रत्यासीहरु धर्मराज अर्यालले ३९४ र नविन बरालले ९९१ मत प्राप्त गरे ।
यसैगरी संघको खुल्ला १० सदस्यमा पालिखे प्यानलबाट ८ र क्षेत्री प्यानलबाट २ जना निर्वाचित भएका छन् । पालिखे प्यानलका अनिल सिग्देलले सर्वाधिक १५६९ मत प्राप्त गरे । त्यस्तै सीता बराल १५१४, सुरेन्द्रमान बिजुक्छे १३७०, यदुनाथ अधिकारी १३५६, किसान सुनार १३४०, चिनु गुरुङ १३३५, देव कृष्ण काफ्ले १२९२, प्रेम बहादुर भूजेल ११६५, गोमा ढकाल ११४४ र गीता तिवारी गौतम १११९ मत सहित निर्वाचित भएका छन् । उनीहरु मध्ये गुरुङ र ढकाल मात्रै क्षेत्री प्यानलका हुन् ।
बस्तुगत सदस्य तर्फ डिवी भूजेज १५, यमनाथ पौडेल १३, नारायण प्रसाद पौडेल १३ र गिरीधारी अधिकारी १२ मत सहित विजयी भए । कर्पोरेट तर्फको दुई सदस्यमा नरेन्द्र वास्तोला र कमल वहादुर बस्नेत निर्वारोध भएका हुन् भने उद्योग तर्फको एक सदस्यको लागि मोहन बाबु खड्का निर्विरोध भएका थिए ।
नयाँ कार्यसमितिको आईतवारनै सम्पन्न बैंठकले तीन सदस्य मनोनित गरेको छ । प्रकाशदेव पालिखे, चन्द्र किसोर गौतम र हिरामणी पण्डित मनोनित भएका छन् । अध्यक्षमा निर्वाचित पालिखेलाई निर्वाचन समितिका संयोजक दिपक श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए भने अन्यलाई नवनिर्वाचित अध्यक्ष पालिखेले सपथ गराएका थिए ।
निर्वाचित भएपछि पालिखेले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । समृद्ध पोखरा निर्माणको लागि १२ बर्ष अघि देखेको सपना पुरा गर्ने उनको अठोट गरे ।