पोखरा, ३१ भदौ/पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाधिवेशनबाट पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा आउन दडुधुपमा रहेका उम्मेद्धवार हुन् जनकराज पराजुली । पोखरा ७ मासबारका युवा उद्यमी जनकराज पराजुलीले कोषाध्यक्ष पदमा आफुलाई विजयी बन्न मतदाता कहाँ भोटमाग्न व्यस्त छन् ।
पराजुलीको पोखरा ५ मा रहेको पराजुली इम्पोरीम, पोखरा ७ मा रहेको पराजुली किनार पसल र हेम्जामा कृषि फर्मका सञ्चालक हुन् । जनप्रिय बहुमुखी क्याम्पसमा कोषाध्य भई सकेका पराजुलीलाई कोषाध्यक्षको अनुभव भएका कारण वाणिज्य संघमा पनि उत्कृष्ट काम गर्ने पराजुलीको भनाई छ । पराजुली कपडा व्यवसायीक एशोसियन कास्कीका पुर्व अध्यक्ष, सहकारी र गाई फर्मका अध्यक्ष छन् ।
विभिन्न वित्तिय संस्थामा आवद्ध पराजुलीले सामाजिक संघ संस्थामा पनि त्यतिकै आवद्ध छन् । व्यवसायीक हकहितका लागि आफ्नो उम्मेद्धवारी रहेको दाबी गर्ने पराजुलीले युवा अवस्थामै सफल व्यवसायीको रुपमा रहँदै आएका छन् । पराजुलीको मुख्य एजेण्डा व्यवसायीको विमाका लागि कोषस्थापना गर्ने नै रहेको बताए । विमा नहुदा धेरै व्यवसायीहरु अफ्टेरोमा पर्ने गरेका छन् । हुन त अन्य समस्या पनि छन् तर अन्य समस्या सँग सँगै विमा गर्न कोषस्थापना पहिलो पहल हुनेछ ।
उनले समुन्नत विकास तथा संघको आर्थिक सवलीकरण, व्यावसायी एकता, पर्यटन प्रवद्र्धन सहितको समृद्ध पोखराको एजेन्डा अगाडि सारेको बताए । उद्यमशीलताको विकास, युवा पलायन रोक्ने र यहीँ केही गर्न सकिन्छ भन्ने मान्यताको विकास गराउँदै व्यवसायीका समास्या समाधान गर्ने नै पहिलो प्रथामिकता हो । व्यवसायीको समस्या मैले नजिकबाट नियालेको छ, बुझेको छु ।
पोखरा उद्योग वाणिज्यसंघ विशुद्ध व्यवसायीहरुको नेतृत्व गर्ने संस्था हो । उनले टिम बनाए चुनावी प्रचारमा गएको बताए । टिममा बसेर काम गरियो भने धेरै समस्याको समाधान हुन्छ । यसलाई स्वच्छ प्रतिस्पर्धा गर्ने माध्यम बनाउनु पर्छ भन्ने लाग्छ । जहाँ सम्म म कुन प्यानलमा भन्ने सवाल छ ।