पोखरा, ३० भदौ /पोखरा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका प्रत्यासी देव क्षेत्रीको ले आफ्नो चुनावी प्रचार–प्रसारलाई तिव्रता दिनुभएको छ । क्षेत्रीको समुहमा रहेका १७ जना पदाधिकारी र सदस्यहरुले बुधवार पोखराको बाटुलेचौर, वगर, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेको प्रचार प्रसार समितिले जनाएको छ ।
सो क्रममा वगर, बागबजार लगायतका क्षेत्रमा व्यवसायीले विजयीको शुभकामना दिदै सम्मान गरेका छन् । व्यवसायीको घरमा पगेर उनीहरुको समस्या बुझ्नु आफ्नो दायित्व भएको बताउदै अध्यक्षका प्रत्यासी क्षेत्रीले एक दशकसम्म संघमा रहेर हासिल गरेको अनुभव नेतृत्व तहमा पुगेर कार्यान्वन गर्ने अवसर प्रदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

घरदैलो अभियानपछि बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मिनराज काफ्लेले पोखराका उद्योगीब्यापारीहरु र वस्तुगत संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने बचन दिएकोे जानकारी दिनुभयो । आगामी भाद्र ३१ र असोज १ गते हुने संघको ३१ औं महाधिवेशनमा क्षेत्रीको समुहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल हुनुहुन्छ । सदस्य पदमा अर्जुन खनाल, कुमारी मुना बास्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), हरिराज पन्त र हिमालय बख्रेल हुनुहुन्छ ।