जुनेली रातमा बन्जिजम्प गर्ने हो भने पोखरा आउनु होस्

पोखरा, २९ भदौ /पोखरा उपमहानगर पालिका हेम्जामा बन्जिजम्प संचालन गरिरहेको हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रालिले भदौ ३१ गते पूर्णिमाको रातमा फुलमुन बन्जिजम्प फेरी सञ्चालन गर्ने भएको छ । साहसिक खेल पर्यटनमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी फुलमुन बन्जिजम्प संचालन गर्न लागेको हो । कम्पनीले यस्तो कार्यक्रम गरेको यो चौथो पटक हो ।

रातमा पनि बन्जिजम्प सञ्चालनसँगै पोखरामा साहसिक खेलमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास कम्पनीको छ । साहसिक खेल पर्यटनमा रमाउन चाहने पर्यटकलाई थप आर्कर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको कम्पनीका पोखराका प्रमुख दिनेश मर्हजनले जानकारी दिए । पोखरामा साहसिक पर्यटनका लागि अन्य खेलहरु भएपनि बन्जिजम्प रातमा अन्यत्र नभएको बताए ।

bungee jump pokhara पोखरामा बन्जी जम्पको सफल परिक्षण, एक सातामा शुरु हुने
bungee jump pokhara पोखरामा टावर बन्जी जम्प 

रातिमा गरिने बन्जीजम्पले यो खेलमा झन रोमाञ्चकता थपेको छ उनले भने । फुलमुन बन्जी सुरु हुनु अगाडि म्युजिकल इभेन्टहरु समेत संचालन हुनेछ । फुलमुन बन्जीजम्प साँझ ७ बजे देखि राति ११ बजे सम्म सञ्चालन गरिनेछ । यसमा एक रातमा २५ देखि ३५ जनासम्म सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । फुलमुन बन्जिजम्प गर्न नेपालीले प्रतिव्यक्ति ३ हजार र विदेशीले ६० डलर लाग्ने उनले बताए ।

मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त कम्पनी हाइग्राउन्ड एडभेन्चर्स नेपाल प्रालिले पोखराको हेम्जामा तीनबर्ष अघिदेखि टावर बन्जीजम्प संचालन गर्दे आएको छ । यो नेपालमा संचालित पहिलो टावर बन्जीजम्प पनि हो । ४५ मिटर लामो पुल आकारको टावरबाट ८५ मिटर तलको याम्दी खोला किनारमा बन्जीजम्प गराउने गरिएको छ । कम्पनीले पोखरामै सराङकोटदेखि हेम्जासम्म जीप फलायर समेत संचालन गरिरहेको छ ।

कमेन्टहरु
Loading...