पोउवा संघको अध्यक्षका उम्मेदवार क्षेत्रीको समुहलाई बगरमा भव्य स्वागत

पोखरा, २९ भदौ /पोखरा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदका प्रत्यासी देव क्षेत्रीको ले आफ्नो चुनावी प्रचार–प्रसारलाई तिव्रता दिनुभएको छ ।

क्षेत्रीको समुहले बुधवार पोखराको बाटुलेचौर, वगर, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा लगायतका क्षेत्रका व्यवसायीहरुबीच पुगेर मत मागेका छन् । साथै आजै न्यूरोड क्षेत्रका उद्योगी, व्यवसायीकहाँ पुग्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिले जनाएको छ ।घरदैलो अभियानपछि बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मिनराज काफ्लेले पोखराका उद्योगीब्यापारीहरु र वस्तुगत संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने बचन दिएकोे जानकारी दिनुभयो ।

आगामी भाद्र ३१ र असोज १ गते हुने संघको ३१ औं महाधिवेशनमा क्षेत्रीको समुहबाट बरिष्ठ उपाध्यक्षमा मिनराज काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा सिता गुरुङ, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेश अधिकारी चुनावी मैदानमा रहेका छन् । महासचिवमा लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षमा जनकराज पराजुली, उप–महासचिवमा अर्जुन पोख्रेल हुनुहुन्छ ।

सदस्य पदमा अर्जुन खनाल, कुमारी मुना बास्तोला, गिरधारी शर्मा, गोमा ढकाल, चिनु गुरुङ, नवराज त्रिपाठी, बलराम आचार्य, महेश्वर पोख्रेल (शिव), हरिराज पन्त र हिमालय बख्रेल हुनुहुन्छ ।

कमेन्टहरु
Loading...