सेती किनारामा खुल्यो सेती रिभर साईड रिसोर्ट

सागर राज तिमिल्सिना
पोखरा, २९ भदौ/लेखनाथ नगरपालिकाको वडा नं १७ कश्यारमा सेती नदिको किनारामा सेती रिभर साईड रिसोर्ट संचालनमा आएको छ । स्थानीय ७ जना युवाहरुको संयुक्त्त लगानिमा करिव २० रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

करिब साढे दुई करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको रिसोर्टले स्थानीय फार्मवाट उत्पादन भएका कुखुरा, वाख्रा र माछाहरुको परिकारहरुका दृश्य अवलोकन सहित रमाउने पाइने सञ्चालकको दावी छ । रिसोर्टमा सिङ्गल तथा डवल वेड सहितका १० वटा कोठाहरु रहेका छन् भने प्रौढ तथा वच्चाहरुको लागि छुट्टाछुटटै स्विमिङ्ग छ ।

सेती रिभर साईड रिसोर्ट प्रालिका संचालक अध्यक्ष सरोजराज अधिकारीले रिसोर्टले स्थानीय फार्मबाटै उत्पादन गरिएका बस्तुहरुबाट सेवा दिने बताउँदै पारिवारिक वातावरणमा रमाउने आन्तरिक तथा वाह्य पर्यटकको लागि रिसोर्ट उपयुक्त हुने बताए । पछिल्लो समय शहरी कोलाहलमा भन्दा ग्रामिण क्षेत्रहरुमा पर्यटकको आकर्षण बढेको र नदीको किनारमा रहेको रिसोर्टबाट पर्यटकले सेती नदी र हिमश्रङ्खलाहरुको रमणीय दृश्यावलोकन गर्न पाउने बताए । उनले प्राकृतिक गुफामा बसेर स्थानीय रुपमा उत्पादन भएका बस्तुहरुबाट तयार पारिएका परिकारहरुको स्वाद लिन सक्ने अधिकारीको भनाई छ ।

सेती किनारामा खुल्यो सेती रिभर साईड रिसोर्ट
सेती किनारामा खुल्यो सेती रिभर साईड रिसोर्ट

अधिकारी सहित पदमराज पौडेल, विरेन्द्र वानिया, नारायण प्रसाद भण्डारी, भुपाल बहादुर थापा, भिम बादुर वानिया र अस्मीत सुवेदी सञ्चालक रहेका छन् । पोखरा देखि करिब १३ किलोमिटर पुर्व दक्षिणमा छ ।

उनका अनुसार रिसोर्टमा हाल ५ वटा कटेज सहित १० वटा रुम छन। एकै रातमा ३० जना सम्म पर्यटकहरु राख्न सकिने बताए । उक्त रिसोर्टमा एक रात बसेको एक हजार ५ सय रुपैया रहेको छ । उक्त रकममा बेलुकाको खाजा, खाना, भोलि पल्ट बिहानको खाजा खाना समेत उपलब्ध हुने उनले बताए । स्थानीय उत्पादनको प्रयोग गर्ने गरी आफ्नो गाँउ ठाँउमा प्राप्त हुने अर्गानीक खानाको व्यबस्था गरेको प्रालिका अर्को संचालक पदमराज पौडेलले बताए ।

सेतीनदी किनारामा पराम्परागत रुपमा प्राकृतिकबाट निर्मित करिब २ सय जना वस्न मिल्ने ओढार रहेको छ । बागमारा केभको रुपमा रहेको गुफामा पर्यटकहरुले ओडार मुनि विभिन्न खानाका परिकारहरु खाने व्याबस्था मिलाईएको छ । उनीहरुले साततालको नगरी लेखनाथको पहिचानलाई जोगाई राख्नु पर्दछ भन्ने मान्यताले ७ वटा कटेजको नाम ७ वटा तालहरु नामाङकरण गरेका छन। त्यसै गरी भवनमा गण्डकी, मेची, कोशी, कर्णाली र महाकालि गरी ५ नदीको नाम उल्लेख गरीएको छ । लेखनाथको आदर्शचोक देखि करीब १० मिनेट पैदलबाट समेत पुग्न सकिने भएको र हालै नर्वदेश्वर पुलमा पक्की पुल निमार्ण भएकोले पनि रिसोर्टमा पुग्न सहज हुने भएको संचालकहरुले विश्वास लिएका छन् ।

कमेन्टहरु
Loading...