पोउवा संघको अध्यक्ष उम्मेदवार पालिखेद्धारा भेटघाट र घरदैलो तीव्र

पोखरा, २८ भदौ /पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेले मंगलवार नेपाली कांग्रेस कास्कीका नेताहरुसंग आफ्नो उम्मेदवारीका विषयमा छलफल गर्नुभएको छ । नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा भएको भेटघाट तथा छलफलमा जिल्ला सभापति कृष्ण केसी, पदाधिकारी तथा जिल्ला सदस्यहरुमाझ आफ्नो पालिखेले उम्मेदवारीको औचित्य पुष्टी गर्नुभएको छ ।

पोखराको समग्र समृद्धि र आर्थिक उन्नयनका लागि आफु सवैभन्दा सक्षम रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, पोखराको सामाजिक क्षेत्रमा मैले थालेको अभियान र कार्यहरु नै अध्यक्ष जीत्ने वलियो आधार हो । पालिखेसंगको भेटमा कांग्रेस नेताहरुले पोखराको प्रजातान्त्रिक आन्दोलन र व्यवसायीक क्षेत्रको समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्नुभएका दयाशंकर पालिखेको सन्तान विश्वशंकर पालिखे पोखरा उद्योग वाणिज्य संघमा अध्यक्ष पदको उम्मेदवार वन्नु राम्रो भएको वताएको स्रोतले जानकारी दिएको छ ।

मंगलवार नै नेपाल तरुण दल कास्कीका नेता तथा कार्यकर्ताहरुसंग पनि अध्यक्ष पदका उम्मेदवार पालिखेले छलफल र भेटघाट गर्नुभएको छ । अध्यक्ष पदका उम्मेदवार पालिखेले पोखराका विभिन्न व्यवसायीहरुसंगको भेटघाट र घरदैलो अभियानलाई मंगलवार थप तीव्र पार्नुभएको छ । पालिखेले पोखराको मुख्य व्यापारिक स्थलहरु वीपीचोक, चिप्लेढुङगा, न्यूरोड, पृथ्वीचोक, सृजनचोक, सभागृृहचोक, जाल्पारोड, मियापाटन, दरवारथोक, लगायतका अधिकांश स्थानमा घरदैलो र व्यवसायी भेटघाट कार्यक्रम गरिएको प्रचारप्रसार समितिले जानकारी दिएको छ ।

विभिन्न स्थानमा भेला भएका व्यवसायीहरुलाई सम्वोधन गर्दै, पोखरा उद्योग वाणिज्य संघलाई प्रस्तावित ४ नं प्रदेशको नेतृत्वदायी व्यवसायीक साझा संस्था निर्माण आफ्नो महत्वपुर्ण एजेण्डा रहेको वताउनुभयो । पोखरा उद्योग वाणिज्य संघलाई सवै तह र वर्गका व्यवसायीहरुको साझा थलोका रुपमा विकास गर्दै, व्यवसायीहरुको क्षमता विकास, थप सक्षम वनाउन, समय सापेक्ष तालिम, भ्रमण, तथा नियमित गोष्ठीहरु आयोजना गर्ने आफ्नो भावी कार्ययोजना रहेको पनि उहाँको भनाई छ ।

भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि समावेशी व्यवसायी समूहको तर्फवाट अध्यक्ष पदको उम्मेदवार वन्नुभएका पालिखेले समृद्ध पोखरा निर्माणका लागि विगतदेखि थालेको अभियानप्रति अधिकांश व्यवसायीहरु सकरात्मक रहेको उहाँले वताउनुभयो पाएको वताउनुभएको छ । पालिखेले आफु संधै व्यवसायीहरुको हक, हितको पक्षमा उभिएको र व्यवसायीकताका लागि मात्रै लडिरहेको कारण आफुलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

कमेन्टहरु
Loading...