पोखरा, १५ भदौ/गुरुङ पर्यटन ब्यवसायी संघ नेपाल पश्मिाञ्चल क्षेत्रिय समिति पोखराको पाँचौ वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आज पोखरामा सम्पन्न भएको छ । अधिवेशनको नेपाल गुरुङ पर्यटन व्यवसायी संघ नेपाल केन्द्रिय समितिकी अध्यक्ष कमला गुरुङले एक समारोहका बीच उदघाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अब गुरुङ पर्यटन व्यवसायीहरु एकजुट भएर अगाडी बडनुपर्ने बताउनुभयो । विभिन्न संघ संस्थाहरुसँगको समन्वय र केन्द्रिय समितिसँग हातेमालो गर्दै आफनो हक अधिकार र व्यवसायीक प्रवद्र्धनका काम अघि बढन उहाँले पश्मिाञ्चलका गुरुङ पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । साथै नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरुको पनि उत्साहका साथ खोजी गर्न लाग्नुपर्ने उहाँको भनाई छ ।
सम्पन्न अधिवेशनको बन्द सत्रले पुनः बोबरजंग गुरुङको अध्यक्षतामा आगामी २ वर्षको लागि १३ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, महासचिवमा कर्णबहादुर गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा किसमकुमारी गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भुपाल गुरुङ, जुवु गुरुङ, कुमार गुरुङ, राजेन्द्र गुरुङ, विष्णु गुरुङ, रामबहादुर गुरुङ र अविलास गुरुङलाई चयन गरेको छ । समितिको २ जना सदस्य पछि मनोनय गर्ने प्रावधान रहेको छ । संस्थापक अध्यक्ष कूलबहादुर गुरुङको अध्यक्षतामा गठन भएको निर्वाचन समितिले सर्वसम्मत रुपमा सो कार्य समितिको नाम घोषण गरेको हो । वि.सं. २०६८ सालमा स्थापना भएको संघमा अहिले पश्चिमाञ्चल समितिमा ८७ जना र देशभरमा ३ सय जना भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन ।