पोखरा, १५ भदौ/पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिवेशनका लागि बलराम आचार्यले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । पोखरा–१ वगरस्थित आचार्य फेन्सी स्टोर्सका प्रोपाईटर रहेको आचार्यले यसअघिको कार्यसमितिमा सदस्यमा रहेर कार्य गरिसक्नुभएको छ ।

संघको विधान संसोधनमा क्रियाशिल रहेका आचार्यले व्यवसायी, उद्योगी तथा अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै उम्मेदवारी दिने बताउनुभयो । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्ने आचार्यले आगामी दिनमा पनि सक्रिय रुपमा व्यवसायिक हितका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रेडिमेड व्यवसायमा क्रियाशिल आचार्य ढिकीडाँडाँ पशुपालन तथा दुग्ध उत्पादन शहकारीको अध्यक्ष, फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका निवर्तमान महासचिव, आचार्य सेवा समाजका केन्द्रिय महासचिव, डाँफे बचत तथा ऋण सहकारी लगायतका संस्थामा आवद्ध हुनुहुन्छ ।
संघमा आफूले सबै व्यवसायीलाई समेटेर लैजाने बताउदै आगामी महाधिवेशनमा अमुल्य मत दिएर विजयी गराउन सबैलाई उहाँले आग्रह गर्नुभयो ।