पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा नवीन बरालको उम्मेद्धवारी घोषणा

पोखरा, ११ भदौ /पोखरा उद्योग वाणिज्य संघको ३१ आँै महाधिवेशन नजिक आइरहेको बेला उम्मेद्धवार घोषणा गर्नेहरुको बढ्दै गएका छन् ।

नवीन बराल
नवीन बराल

पोखरा ७ मासबारका युवा उद्यमी नवीन बरालले उप महासचिव पदमा उम्मेद्धवारी घोषणा गरेका छन् ।  बराल पोखराको १७ विरौटामा रहेको अन्नपुर्ण आयल डिष्ट्रिव्युर्टसका सञ्चालक हुन् भने समय शिक्षा सेवीका रुपमा पनि स्थापित भइसकेका छन् । उनले वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमी विरौटामा सञ्चालन गर्दै आएका छन् ।

विभिन्न वित्तिय संस्थामा आवद्ध बराल सामाजिक संघ संस्थामा पनि त्यतिकै आवद्ध छन् । व्यवसायीक हकहितका लागि आफ्नो उम्मेद्धवारी रहेको दाबी गर्ने बरालले युवा अवस्थामै सफल व्यवसायीको रुपमा रहँदै आएका छन् ।

कमेन्टहरु
Loading...