रेष्टुरेण्ट व्यबस्थापन गर्न पोखरामा दुई दिने तालिम

पोखरा, ७ भदौ/रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा पोखरामा दुई दिने रेष्टुरेण्ट व्यबस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । रेष्टुरेण्टका संचालकहरुलाई लक्षित गरी आयोजना गरीएको तालिममा ३० जनाको सहभागिता रहेको महासचिव लक्ष्मण बरालले बताए ।

रेष्टुरेण्ट व्यबस्थापन गर्न पोखरामा दुई दिने तालिम
रेष्टुरेण्ट व्यबस्थापन गर्न पोखरामा दुई दिने तालिम

नेदरल्याण्डको पम संस्थाका सिनियर एक्सपोर्ट कोस औडहुसले प्रशिक्षण गराएका थिए । पोखरा आउने पर्यटकहरुलाई गुणस्तरीय तथा विभिन्न परिकारका खानाको स्वाद दिलाउने उद्धेश्यले रेष्टुरेण्टका संचालकहरुलाई लक्षित गरी रेष्टुरेण्टको व्यबस्थापकीय पक्षलाई मजबुद पार्न पनि तालिमको आयोजना गरीएको रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईले बताए ।

यसै बिच, उक्त तालिमको मंगलबार एक समारोहका बिच नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका पर्यटन अधिकृत सुर्य थपलीयाले तालिम समापन गर्दै यस्ता तालिम आवश्यक भएको बताउदै तालिममा सिकेका कुराहरु हरेक व्यवसायीहरुले लागु गर्न सके गुणस्तरीय खाना पर्यटकहरुलाई पस्कन सक्ने बताए ।

प्रशिक्षार्थी कुस भुजेल र सहारा पाण्डेले रेष्टुरेण्ट व्यबस्थापन सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको व्यक्तिबाट धेरै कुरा सिक्ने अवसरमा पाएकोमा खुसि व्यक्त गरे । टेम्पल ट्रि रिसोर्टमा आयोजना भएको तालिमको समापन रेवान पोखराका अध्यक्ष भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो । सहभागिताहरुलाई प्रमाण पत्र समेत वितरण गरीएको कार्यालय सचिव कमल कोइरालाले बताए ।

कमेन्टहरु
Loading...