पोखरा, ५ भदौ /पोखरा पर्यटन परिषदको आयोजनामा पोखरामा आइतबार देखि दुई दिने उद्यशिलताको विकास क्षमता अभिवृद्धी तथा सूचना र प्रयोग सम्वन्धी तालिम सुरु भएको छ ।

उद्घाटन कार्यक्रममा पोखरा पर्यटन परिषदका सल्लाहाकार गणेश भट्टराईले बढ्दै गएको अवव्यस्थित शहर, पुरिदै गएको फेवाताल हेर्न अव पर्यटक नआउने बताए । उनले त्यसका लागि फेवालाल संरक्षण गर्न र व्यवस्थित शहर बनाउन अहिले देखिनै लाग्नु पर्ने बताए ।
उनल अव्यव्यस्थित निर्माण र प्रदुषण रोक्न सबै जना एकजुट भएर आगडी बढ्नु पर्ने बताए । उनले पर्यटन क्षेत्रमा प्रयोग हुने ८० प्रतिशत भन्दा वढि सामान विदेशबाट आयात हुने भन्दै स्वदेशी उत्पादनमा बढाएर रोजगारी सृजना गर्न आवश्य रहेको बताए । पर्यटन व्यवसायीहरुले पोखराको पर्यटन विकास र मुलुकको आर्थिक अवस्थालाइमाथी उठाउन ‘ई कर्मश’ को माध्यम महत्वपुर्ण रहने समेत बताए ।
दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा बेलाएतका प्रशिक्षक रोबिन बास्टेड लगाएत नेपाली प्रशिक्षक प्रकाश न्यौपाने, घनश्याम खनाल र डा शुसिल कडेंलले प्रशिक्षण दिने छन । उक्त तालिममा ४० जना पर्यटन व्यवसायीको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल बोर्ड क्षेत्रिय कार्यालय पोखराका अधिकृत सूर्य थपलिया, पर्यटन परिषदका प्रथम उपाध्यक्ष चिरञ्जिवी पोख्रेल, महासचिव रामु गौतम लगाएतले बोलेका थिए । कार्यक्रम पर्यटन परिषदका अध्यक्ष सोम थापाको अध्यक्षतामा भएको थियो ।