कृत्रिम अभाव सिर्जना गरिएकोमा अखिलको ध्यानाकर्षण

पोखरा, ३ भदौ/बजारमा कृत्रिम अभाव सिर्जना गरिएकोमा अनेरास्ववियूले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

अनेरास्ववियू भुगोल जिल्ला कमिटि, कास्कीका अध्यक्ष शेखर गौतमले विहीबार एक विज्ञप्ति प्रकाशित गरी नेपालीहरुको महान चाड पर्व आईरहँदा बजारमा अत्यावश्यक सामाग्रीको मूल्य वृद्धि गर्ने, कालोबजारी भएगरेका गुनासो आएकाले तत्काल यस्ता कार्य बन्द गर्न व्यापारी व्यवसायीलाई चेतावनी दिईएको छ ।

‘भुकम्प र नाकाबन्दीबाट मारमा परेका जनतालाई ढाड सेकिरहेको छ । यस्ता कालाब्यापारीलाई कानुनी प्रक्रियाद्वारा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।

सरोकारवाला पक्ष पटक पटक यस सम्बन्धमा कुनै प्रतिक्रिया दिन नचाहेकाले बाध्य भएर जनताबीच आन्दोलनमा जानुपर्ने अवस्था समेत आएको स्मरण गराउन चाहन्छौं ।’ विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...